डिस्को नाच्ने हो


हिन्दु महिलाहरुको महान चाड तीज नजिकिदै गर्दा तीजसम्बन्धि गीतहरु पनि बजारमा आईरहेका छन्। यसैविच शान्ति रिजाल र सुन्दर लामिछानेको स्वरमा डिस्को नाच्ने हो बोलको गीत म्युजिक भिडियोसहित सार्वजनिक गरीएको छ। गीतमा गायक लामिछानेले कै शब्द र संगीत रहेको छ।

गीतको म्युजिक भिडियोलाई हास्य कलाकार निरु खड्का ‘निर्मली’ ले निर्देशन गरेकी छिन्। जसमा यादव देवकोटा ‘सरापे’, सुरविर पण्डित ‘दारी बा’, निरु खड्कालगायतको अभिनय रहेको छ। गीतले तीजलाई मौलिकतामा आधारित रहेर मनाउनु पर्ने शन्देश दिएको छ। गीतको विचविचमा प्रयोग गरीएको संवादले गीतलाई अझ रोचक तुल्याएको छ। भिडियोमा गोकुल अधिकारीको छांयाकन तथा रमीत ओलीको सम्पादन रहेको छ।