७८ एम्पुल लागुऔषधसहित एक युवा पक्राउ


पर्वत । पर्वतको जलजला गाउँपालिका ९ बनौका एक युवा ठूलो परिमाणको लागु औषध सहित पर्वत सदरमुकाम कुश्माबजारबाट पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्वतले विशेष सुचनाका आधारमा ७८ एम्पुल लागु औषध सहित २४ बर्षिय विश्व गर्बुजा मगरलाई विहिबार नियन्त्रणमा लिएको हो ।

प्रहरीले पर्वत सदरमुकाम कुश्माबजारको पाङराङ होटलमा संकास्पद अवस्थामा डेरा लिई बसेको अवस्थामा गर्बुजालाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय पर्वतबाट प्रहरी निरीक्षक राजन रायमाझीको नेतृत्वमा खटिएको प्रहरी टोलीले गर्वुजा मगरलाई २६ एम्पुल नोफिन, २६ एम्पुल डाइजेपाम र २६ एम्पुल फेनेरेगन सहित डेराबाटै पक्राउ गरेको हो ।

रायमाझीका अनुसार नीजका साथबाट उक्त लागु औषधजन्य पदार्थ सहित नगद ७ हजार ९ सय बरामद गरी शुक्रबार पर्वत जिल्ला अदालतबाट अबैध लागुऔषध ओसारपसार ऐन अन्तर्गत थप अनुसन्धानका लागि म्याद थप गरिएको छ । गर्बुजा प्रहरी हिरासतमा नै छन् ।