५३ जनालाई रोजगारी दिएको सहकारीले थाल्यो एकीकरण अभियान


काभ्रे ।
जिल्लाको पनौतीको सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले शेयर सदस्यहरुलाई प्रतिस्पर्धी एकीकरण अभियानमा शुरु गरेको छ । सहकारीले शेयर सदस्यहरुलाई स्थानीय तहमै सेवा उपलब्ध गराउने उदेश्यले एकीकरण अभियान शुरु गरेको हो ।

उक्त सहकारीले यस अघि जेष्ठ १४ गते बासडोल सामुदायिक बहुउदेश्यीस सहकारी संस्था, असार २५ गते मिलिजुली नारी चेतना वचत तथा ऋण सहकारी, श्रावण ७ गते पनौती ११ बल्थली स्थित श्री गाउँवेशी साना किसान कृषि सहकारी संस्थासँग र पनौती ३ कुशादेवीेको जनजीवन बचत तथा ऋण सहकारी संस्थासंग एकीकरणको सम्झौता गरिसकेको थियो । यस्तै शुक्रबार पनौती– ११ बल्थलीका लड्केश्वरी नारी चेतना बचत तथा ऋण सहकारी संस्थासंग एकीकरण सम्झौता गरेको छ । यी ५ वटा सहकारी संस्थाहरु एकीकरण पश्चात २ अर्बको हाराहारीमा कुल पुँजी पुग्ने भएको छ भने यो संस्थामा २५ हजार भन्दा बढी शेयर सदस्य हुने भएका छन् ।

सो संस्थाले जिल्लाका १३ वटा स्थानीय तह मध्ये ७ स्थानीय तहमा आफ्नो वित्तीय पहुँच विस्तार गर्दै १० वटा कार्यालय मार्फत सदस्यहरुलाई वित्तीय तथा गैरवित्तीय सेवा उपलब्ध गराउदै आएको छ । तत्कालिन पनौती नगरपालिका र जोडिएका ५ गाविस कार्यक्षेत्र भएको यस संस्थाले २०६८ सालबाट नै अन्य सहकारी संस्थाहरुसँग एकीकरणको प्रयास गर्दै आएको थियो । सामुदायिकले २०७३ सालमा बनेपा स्थित तत्कालिन जगत गुरु वचत तथा ऋण सहकारी संस्थासँग एकीकरण गरी आफ्नो कार्यक्षेत्र काभ्रेपलाञ्चोक जिल्लाभर कायम गरेको थियो भने छोटो अवधिमा नै जिल्लाका मुख्य मुख्य स्थानहरुमा ९ वटा सेवा केन्द्रहरु सञ्चालनमा ल्याएको छ ।

आजको एकीकरण कार्यक्रममा लड्केश्वरी नारी चेतना बचत तथा ऋण सहकारी संस्था अध्यक्ष कालिका के.सीले सानो पूँजिको संस्थाबाट शेयर सदस्यहरुले सम्पूर्ण वित्तिय सेवा पाउन नसक्ने र प्रशासनिक खर्चहरुका कारण सदस्यहरुले प्राप्त गर्ने सेवा तुलनात्मक रुपमा महंगा हुने बताउनुभयो । उहाँले राज्यले एकीकरण अभियान अघि सारेकोले आफूहरु सामुदायिक साकोससँग एक भएर जान सहमत भएको बताउनुभयो ।

कार्यक्रममा सामुदायिक वचत तथा ऋण सहकारी संस्था अध्यक्ष प्रकाश बन्जाराले दुबै पक्षको एकीकरण कार्यदलले हस्ताक्षर गरेको सम्झौता पत्र आदन प्रदान गर्दै सहकारी ऐन २०७४, नियमावली २०७५ र नियामक निकायहरुले पनि सहकारी संस्थालाई एक हुन आग्रह गर्नुभएको थियो ।

कार्यक्रममा सामुदायिक वचत तथा ऋण सहकारी संस्था लि. का प्रमुख सल्लाहकार शम्भुलाल श्रेष्ठ, उपाध्यक्ष कुमार प्रसाद लामिछाने, सचिव मुकुन्द शर्मा, सञ्चालक सदस्य मकुन्द प्रसाद अर्याल लगायतको उपस्थित रहको थियो ।

कार्यक्रममा सहकारीका प्रमुख कार्यकारी अधिकृत मदन बस्नेतले एकीकरणको सम्झौता–पत्र प्रस्तुत गर्नुभएको थियो । सामुदायिक वचत तथा ऋण सहकारी संस्थामा जिल्लाका २२५०० जना शेयर सदस्यहरु आबद्ध रहेका छन् भने १ अर्व ८४ करोड पुँजी रहेको छ । शेयर सदस्यहरुको १९ करोड शेयर पुँजी रहेको यो संस्थाले २३ प्रकारका वचतका शीर्षकहरुमा १ अर्ब ३० करोड वचत संकलन गरी १७ शीर्षकमा १ अर्ब ४६ करोड सदस्यहरुलाई नै ऋण परिचालन गरिरहेको छ । बचत र ऋणमा प्रतिस्पर्धी ब्याजदर कायम रहेको यस संस्थाले ५३ जनालाई रोजगारी प्रदान गरेको छ । जिल्लामै पहिलो सहकारीको आफ्नै एटियम सञ्चालन गरेको संस्थाले संस्था शुसासनका निमित्त ५६ वटा नीति तथा कार्यविधि तयार गरी अगाडी बढेको यस संस्थाले आन्तरिक लेखा परिक्षण र बाह्य लेखा परिक्षणका लागि छुट्टा छुट्टै चार्टड एकाउण्टेन्ट संस्थालाई नियुक्त गरेको छ

सहकारी संस्थाहरु एकीकरण पश्चात अब २ अर्बको हाराहारीमा कुल पुँजी पुग्ने, २५ हजार भन्दा बढी शेयर सदस्य, १० प्रतिशत संस्थागत पुँजी, नियन्त्रित भाखा नाघेको ऋण र गुणस्तरिय वस्तु तथा सेवा उपलब्ध गराउनेमा कुनै दुईमत देखिदैन । दुबै संस्थाका शेयर सदस्यहरु एकीकरण पश्चात गुणस्तरिय सेवा पाईने र संस्थाको सञ्चालन खर्चमा न्यूनीकरण भई लाभांश दरमा बृद्धि हुने अपेक्षा सहित संयुक्त साधारण सभा हुने प्रतिक्षामा उत्साहित रहेका छन् ।