चार बुँदे सहमतिमा गल्छी–त्रिशुली सडक खुल्यो


राजेन्द्र गजुरेल, नुवाकोट ।
जिल्ला अस्पताल त्रिशुलीले समयमा नै उपचार गर्न नसकेको र चरम लापरवाही गरेको भन्दै मृतकको आफन्तले अवरुद्ध गरेको गल्छी–त्रिशुली सडक खण्ड चार बुँदे सहमति पश्चात खुल्ला भएको छ । बुधबार अस्पतालमा भर्ना गरी राखिएको तारकेश्वर गाउँपालिका वडा नं ५ कि ३५ वर्षिय गोमा वस्तिको बिहिबार मृत्यु भएका कारण शुक्रबार बिहान बाट अबरुद्ध गरेको सडक दिउँसो ३ बजे बाट पूर्ण रुपमा सुचारु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

शुक्रबार नै जिल्ला अस्पताल,पिडित पक्ष र प्रहरी बिच बसेको बैठकले चारबँुदे सहमति गरेको छ । त्रिपक्षिय बैठकले घटना बारे अस्पतालले अनुसन्धान गर्नुपर्ने, क्षतिपूर्ति वापत तारकेश्वर गाउँपालिकाले रु एक लाख दिईने , अस्पतालले जन्मियको नवजात शिशुको लागि रु ५० हजारको अक्षयकोष निर्माण गर्ने ,अस्पतालमा लागेको सम्पूर्ण खर्च र हेलिकप्टरको खर्च विदुर नगरपालिकाले बेहोर्ने गरी सहमति पत्रमा हस्ताक्षर गरे पश्चात अबरुद्ध सडक खोलिएको प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक कृष्णबहादुर पल्लिमगरले बताउनुभयो ।