निर्मला पन्तको न्यायको लागि दबाब पूर्ण -यालि


राजेन्द्र गजुरेल, नुवाकोट ।  कञ्चनपुरकी १३ वर्षिय निर्मला पन्तको बलात्कार पछि भएको हत्याको एक वर्ष पुरा हुदाँ सम्म पनि पिडितले न्याय र पिडकको खोजि र कारबाहि हुननसकेको बिरोध स्वरुप नुवाकोटमा दबाब मुलक -यालि गरीएको छ । नुवाकोटमा सामाजिक कार्यमा सक्रिय रहेका अभियानहरुको आयोजनामा -यालि सम्पन्न गरीएको हो ।

समुद्ध नुवाकोटको आयोजना साथै सामथ्र्य नेपाल नुवाकोट, दारी ग्याङग नुवाकोटको सह आयोजनामा भएको दबाब एवम् जनचेतना मुलक -यालि सम्पन्न भएको आयोजकले जनाएको छ । सहभागिहरुले हातहातमा सरकार भेटियो न्याय भेटिएन भन्ने नारा राखिएको पर्चाको साथ उपस्थित भएका थिए ।

देशभर दिन प्रति दिन बढ्दै गएको हत्या हिस्साका कारण विशेष गरी महिला तथा बालिकाहरु त्यसको सिकार बन्दै गएको समयमा समाजबाट त्यस्ता अनैतिक कार्यहरुको अन्त्य गर्नुपर्ने उद्देश्यका साथ -यालि लगाएत अन्य कार्यहरु गर्दै अगाडि बढिरहेका छन । निर्मला पन्त एउटा नमुना पात्रको रुपमा रहेको र समाजमा आज पनि निर्मला जस्ता कैयौ निर्मलाहरु हिस्सको सिकार बनिरहेको र अब त्यस्ता घटनाहरुलाई र्निमुल गर्न र पिडित लाई न्याय र पिडकलाई उचित कारबारीको माग गर्दै सरकार र कानु्न निर्मला हत्या काण्डमा लाचार भएको अभियान्ताहरुले बताएका छन । समान दिनानुदिन असुरक्षित बन्दै गएको प्रति स्वयम युवाहरुनै अब त्यसको अन्त्य गर्नुपर्छ भनेर लागि परिरहेका छन ।

‘एक वर्ष बितिगयो ,सरकार अनि कानुन कता गयो ,बलात्कारीलाई फासि दे, निर्मलालाई न्याय दे ’ लगाएतका नारा लगाई विदुर ४ बट्टार क्याम्पस गेट देखि ढुङ्गे चोक सम्म पुगेर ¥यालिलाई कोण सभामा परिनत गरी सम्पन्न गरेका थिए ।