लागूऔषध सहित पक्राउ गर्ने क्रममा फरार श्रेष्ठ प्रहरी फन्दामा


काठमाडौं । लागूऔषध सहित पक्राउ गर्ने क्रममा फरार भएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं बौद्ध बस्ने नुवाकोट तारकेश्वर गाउँपालिका ९ घर भएका २३ वर्षीय कृष्ण श्रेष्ठ रहेका छन् । महानगरीय प्रहरी वृत्त कमलपोखरीबाट खटिएको प्रहरीले शुक्रबार बिहान श्रेष्ठलाई पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका ९ गौशाला बसपार्कस्थित जनकपुर गेष्ट हाउसबाट साउन ५ गते करिब ३ केजी अवैध लागूऔषध गाँजा सहित फेला परेका श्रेष्ठ पक्राउ गर्ने क्रममा गाँजा छोडी फरार भएका थिए । फरार व्यक्तिको खोजी गर्ने क्रममा नुवाकोट तारकेश्वर गाउँपालिका ९ बाट स्थानीय प्रहरीको समन्वयमा महानगरीय प्रहरी वृत्त कमलपोखरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।