सलिम अन्सारी, प्युठान । दुई दशकअघि सम्म लाहुरे छुट्टी आएको खबरले गाउँभरि नै हल्लीखल्ली मच्चिन्थ्यो । ‘लाहुरे आएको छ रे१ कस्तो रैछ लाहुरेरुु सोधीखोजी चल्थ्यो।
लाहुरेको छोरो लाहुरे भएको छ भने त परिवारको रवाफै अलग हुन्थ्यो,छोटो कपाल। एकरंगी पोसाक। कालो बुट। पिठ्युँमा सुटकेस, काँधमा रेडियो। देब्रेहातमा दम दिने घडी। ओठमा मुस्कान। कसिलो ज्यान। घर फर्कंदा लाहुरेको शान नै बेग्लै। रहर या बाध्यताले विदेशी ९बेलायती, सिंगापुर वा इन्डियन० फौजमा भर्ती भएर जन्मस्थल फर्कंदाको खुसी लाहुरेमा पनि कहाँ कम्ती हुनु र १ बिछट्टै उत्साह, शान र स्फूर्ति लिएर फर्केका हुन्थे अझै पनि गाउँघर तिर बृद्ध बा हरु संझन्छन।लडाइँ या तालिममा पाउने दुःख जति छ, त्योभन्दा कयौं गुणा मानसम्मान छ लाहुरेको।
त्यसैले, थुपै्र युवक लाहुरे बन्ने सपना बोकेर हुर्कन्छन् र जवानीले पाइला टेक्दानटेक्दै छाती नपाउन क्याम्पतिर दौडन्छन् ।लाहुरे बने पछि शान, मान र धन हुने भएपछी धेरै युवाहरुको मनमा लाहुरे बन्ने हुटहुटी देखिन्छ । त्यसैले त युवाहरु भर्तीका लागि चाहिने उमेर बाँकी हुँदासम्म हरेस नखाई भर्ती लागिरहन्छन् ।
त्यही भएर प्युठान नगरपालिका ३ बिजय नगर सेपुङ्का १९ बर्षीय पर्वत कुंवरलाई पनि लाहुरे हुने ध्याउन्नमा लाग्नुभयो । पर्वतले भारतिय सैनिक हुने सपना बोकेर तयारी गर्नुभयो । भर्ती खुलेको थाह पाउना साथ उहा पनि छाती नाप्न पुग्नुहुन्थ्यो।सैन्य सेवामा प्रवेस गर्न उहाँ दुईपटक सम्म चितवन गएर देखिनुभयो तर त्यहिँबाट फालिनुपर्यो ।उहाले हिम्मत हार्नुभएन दुई पटक बिफल हुँदासमेत उहाँको फौजी रहर मरेन। पर्वतले छाती फुल्याउन छोड्नुभएन ।दुई दुई पटक भारतिय सैनिकमा भिड्दा छनौट चरणबाटै बाहिरिनुभएका उहा बाह्र कक्षा पढ्दै गर्दा फेरि आर्मिमा देखिन नेपालगंज पुग्नुभयो। नभन्दै तेस्रो पटकमा उहाँ सफल भएरै छोड्नुभयो ।
गत बैशाखमा भारतिय सैनिकमा नाम निस्कियो। मेहनत गरे अनुसार भारतिय सैनिकमा नाम निस्कँदा घरभरी खुसी छायो । तर, उनीहरुको त्यो खुसी तीन महिना पनि टिकेन । भारतको बनारसमा सैन्य अभ्यासमा रहेका पर्वतको रेलबाट खसेर ज्यान गएको छ। कार्यक्षेत्रमा खटिएर भारतिय सेनाको जागीरे जीवन बिताउन नपाउँदै मृत्युको खबर सुन्न परेपछी कुंवर परिवार शोकमा डुवेको छ । सैनिकमा नाम निस्केपछि आफ्नो छोरा तालिमकै क्रममा रहेको उनका बुवा चन्द्र कुंवरले बताउनुभयो । छोराले सैन्य तालिम लिदै थियो, उस्ले फोन गरेर तालिममै छु वुवा म ठिकै छु भनेको थियोु पर्वतका बुवा चन्द्र कुंवरले भावविह्वल हुँदै भन्नुभयो, रेलमा परेर ज्यान गयो भन्ने सुन्नुपर्योु भारतिय सैन्य कार्यालयले छोराको मृत्युको खबर सुनाएको उहाले बताउनुभयो।
छोराको शब चाडो घरमा ल्याइदिन आग्रह गरेको कुँवरले सुनाउनुभयो। मुक्ती माबि राटामाटामा कक्षा १२ मा पढ्दा पढ्दै तीन महिना अघि उहाँ भारतीय सेनामा भर्ती९लाहुरे० हुनुभएको थियो। पर्वत सानैदेखि साहसिला थिए। सवैसंग मीठो बोल्ने मिलनसार र मिजासिला थिए। साथिभाईका बिच कम बोल्ने तर ठिक कुरा मात्र बोल्ने। धेरै हिँडडुल नगर्ने, झै झगडादेखि टाढै रहने। त्यही भएर पनि बुबा आमालाई कान्छा छोराप्रति विश्वास र भरोसा थियो।
‘कम बोल्ने तर सही मात्र बोल्ने। गलत काममा हिँड्दैन भन्नेमा उसको विश्वास लाग्थ्यो’, शोकमा डुब्नुभएका इन्द्रले भन्नुभयो। छोरो फौजी भएपछी अब दुखका दिन गए भन्ने लागेको थियो,तर होईन रहेछु उहा भन्नुहुन्छ, कलिलै उमेरमा सधैलाई छोडेर गयो अब रुनु शिवाए अरु के छ ररुु इन्द्र र लछ्मी कुवरका दुई भाई छोरा हुन्। ती मध्ये पर्वत भारतिय सेनामा भर्ती भएका थिए भने जेठा कैलास प्युठानमा गाडी चलाउँछन्। घरमुली इन्द्र छोरा लाहुरे भएपछी भारतमा मजदुरी गर्न जान समेत छोड्नुभएको थियो ।
लाहुरे छोरासंगै खुशी एकाएक बिलायो।परिवार, आफन्तजन र छरछिमेकमा उदासी छाएको छ।
प्रतिक्रिया