सुत्केरीको मृत्युले सडक अवरुद्ध


राजेन्द्र गजुरेल, नुवाकोट । जिल्ला अस्पताल त्रिशुलिले समयमा नै उपचार गर्न नसकेको र चरम लापरबाहि गरेको भन्दै मृतकको आफन्तले गल्छि–त्रिशुलि सडक खण्ड अबरुद्ध भरेका छन । बुधबार अस्पतालमा भर्ना गरी राखिएको तारकेश्वर गाउँपालिका वडा नं ५ कि ३५ वर्षिय गोमा वस्तिको बिहिबार मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।

‘बिहिबार सामान्य अबस्थामा छोरा जन्माउनुभएको वस्ति त्यस पश्चात अत्याधिक रक्तश्रावका कारण मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.रेमकुमार राईले बताउनुभयो ।’ बच्चा जन्माउँदा खुल्ला भएको वस्तिको पाठेघर बन्द नभई अत्याधिक रक्तश्रावका कारण जोखिममा परेका कारण थप उपचारका लागि हेलिकपटर मार्फद काठमाण्डौको शिक्षण अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्युभएको उहााको उपचारमा संग्लन चिकित्सवले बताएका छन् । नवजात शिशुलाई श्वासप्रश्वासमा समस्या भए पछि थप उपचारको लागि काठमाण्डौ पठाईएको थियो ।

उपचाररत वस्तिको समयमा नै अस्पतालले आवश्यक ध्यान दिएर उपचार नगरेको कारण उहाँको मृत्यु भएको प्रति मृतकका आफन्त भने आक्रोशित भएका छन । अस्पतालमा सुत्केरीलाई अत्याधिक रक्तश्राव भई अचेतहुदाँ सम्म अस्पतालले ध्यान नदिदाँ मृत्यु भएको भन्दै आफन्त तथा बेलकोटगढि नगरपालिका वडा नं ६ महादेवफाँटका स्थानिय आक्रोसित हुदै सडक अबरुद्ध गरेको मृतक गोमाको दाई भोजप्रसाद न्यौपानेले बताउनुभएको छ ।

जिल्ला अस्पतालमा उपचार सम्भव नभए पछि थप उपचारको लागि काठमाण्डौ लानु पर्ने अबस्थामा नुवाकोट सुगम जिल्लामा पर्ने भएकाले सरकारी हेलिकप्टर उपलब्ध गराउन नमिल्ने जनाए पश्चात निजि हेलिकप्टर मगाएर लैजादा ढिलो भएका कारण मृत्यु भएको हो । समयमा नै उपचार नपाएर सुत्केरीको मृत्यु भएता पनि नवजात शिशुको काठमाण्डौस्थित बाल कान्ति अस्पतालमा उपचार भईरहेको र स्वास्थ्यमा क्रमिक सुधार भईरहेको पारिवारीक श्रोतले जनाएको छ ।

साथै अस्पताल प्रशासनको लापरबाहिका कारण मृत्युभएकाले उचित क्षतिपूर्ति र दोसिलाई कारबाहिको माग गर्दै आफन्तजन र स्थानियले सडक अबरुद्ध गराएका हुन ।