गुल्मी पहिरो अपडेट : ज्यान गुमाउने १३ जनाको शव आफन्तको जिम्मा लगाइयो


अनिल खत्री, गुल्मी । गुल्मीको सत्यवति गाउँपालिकामा मृतक १३ जनाको सव आफन्तले बुझेका छन् । बिहिवार मात्रै मृतक र बेपत्ता सहित १३ जनाको सव फेला परेको हो ।

सबै सवको पोष्ट मार्टम गरि आफन्तले बुझाइएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताउनु भयो । मंगलवार राती अबिरल वर्षासँगै पहिरोमा परेर सत्यवति गाउँपालिका वडा नम्बर ३ र ४ को लिम्घा र ठूलोलुम्पेकमा डेढ बर्षीय बालक सञ्जु विक, तारा बिक, माया बिक, बवि विक, निर्मला विक, पम्फा विक, अञ्जली विक, हिमान्सु विक, छलि विक, सिवानी विक, तिल कुमारी तरामु, छोरा दर्शन तरामु र दुर्गाबहादुर सिंजालीको मृत्यु भएको थियो ।

पहिरोमा घाइते भएका ठुलोलुम्पेकका करिष्मा र धनी त्ररामुलाई दुई दिन पछि परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली सहितको टोलीले हेलिकप्टर मार्फत उपचारको लागि काठमाडौँ लगिएको छ । घाइते २ जनाको टाउकोमा चोट भएकाले थप उपचारको लागि काठमाडौं पठाउनु परेको उपचारमा खटिनु भएकी डक्टर शिला ढकालले बताउनु भयो ।

उनिहरुको काठमाडौंको त्रिबि शिक्षण अस्पतालमा उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । मृतका परिवारलाई तत्कालको लागि क्रियाखर्च वापत गाउँपालिकाले रु १० हजारका दरले उपलबध गराउने प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनु भयो ।
अरु थप राहतको लागि केन्द्र सरकार र प्रदेश सरकारको समन्वयमा उपलब्ध गराइने प्रजिअ पौडेलको भनाई छ । पहिरो प्रभावित क्षेत्रमा सडक अबरुद्ध भएपछि हेलिकप्टर मार्फत हेलिकप्टरले २० क्विन्टल चामल, दुई क्विन्टल दाल र एक क्विन्टल चिउरा ठुलोलुम्पेकमा छोडेको पौडेलले बताउनु भयो ।

पहिरोले ठुलो मानवीय तथा भौतिक क्षति पुर्याएपछि दुई स्थानका करिव ६ सय घरपरिवार सुरक्षित स्थानमा सारिएको छ । प्रभावित क्षेत्रमा ५ सय वढि साना ठूला पहिरो र ३ सय पशु चौपायाँ मरेको अनुमान गरिएको छ । प्रभावित क्षेत्रमा भएको क्षती र बिस्थापित परिवारको नामावली संकलन सुरु गरिदैंछ ।