कपिलवस्तु नगरपालिकाकी उपमेयरले हालिन मेयरविरुद्ध मुद्दा


न्युज अफ नेपाल, कपिलवस्तु ।
कपिलवस्तु नगरपालिकाकी उपमेयर लक्ष्मीदेवी गुप्ताले मेयर किरण सिंहविरुद्ध मुद्दा हालेकी छिन् । उपमेयर गुप्ताले उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा मुद्दा दायर गरेकी हुन् ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ६७ मा बजेट तथा कार्यक्रम तर्जुमा समितिको संयोजक उपमेयर हुने व्यवस्थाविपरीत मेयरले कामकारबाही अगाडि बढाएको भन्दै मेयरविरुद्ध मुद्दा दायर गरेको जनाईएको छ । गुप्ताले यो निर्णयले आफ्नो अधिकार हनन भएको भन्दै मुद्दा दायर गरेको बताईन् ।