लागुऔषधसहित महिला पक्राउ


विराटनगर । सीमावर्ती भारतीय बजार जोगवनीबाट अवैधरुपमा ल्याइएको ठूलो परिमाणको लागुऔषधसहित एक महिलालाई आज प्रहरीले पक्राउ गरेको छ ।

विराटनगर महानगरपालिका–१५ स्थित राम जानकी मन्दिर नजिक प्रहरीले जाँंचको क्रममा विराटनगर बस्ने ३० वर्षीया अरजिना खातुनलाई लागुऔषधसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

झोलामा लुकाइछिपाइ राखिएकोे अवस्थामा लुपिजेसिक २०० एम्पुल, एभिल २०० एम्पुल, डाइजोल्याब २०० एम्पुल, स्पास्मो १४४ चक्की, नाइट्रेसन ३० चक्की, डाइजोल्याब पाँच बोतलसहित पक्राउ गरिएको हो ।
रासस