विप्लव समूहका धनकुटा-मोरङ सेक्रेटरी राई पक्राउ


विराटनगर । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका धनकुटा मोरङ सेक्रेटरी दीपक राई पक्राउ परेका छन् ।

केराबारीको एउटा घरमा सेल्टर लिई बसेको अवस्थामा बिहीबार बिहान राई पक्राउ परेको मोरङ प्रहरीलेबताइएको छ । ‘विप्लव’ नेतृत्वको नेकपालाई सरकारले प्रतिबन्ध लगाएपछि उनी भूमिगत थिए ।

बम विष्फोट, चन्दा आतंक, हतियार संकलनलगायतका धेरै घटनामा राईको संलग्नता देखिएका कारण अनुसन्धान सुरु गरिएको मोरङ प्रहरीले जनाएको छ ।