स्वास्थ्यकर्मी लिएर जनताको घरमै पुग्छन् वडा अध्यक्ष


धनवीर दाहाल, रुकुम ।
रुकुम पुर्वको सिस्ने गाँउपालिका वडा नं २ का वडा अध्यक्ष जीवन के.सी कर्मचारी लिएर सेवाग्राहीको घरघरमै पुग्नुहुन्छ । स्वास्थ्यकर्मी सहित उहाँले सेवाग्राहीलाई सेवा दिनका लागी घरघरमै पुग्ने अभियान चलाउनुभएको छ । बिभिन्न टोल तथा घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण सगैं स्वास्थ सेवा प्रदान गर्ने अभियान संचालन गरिएको वडा अध्यक्ष के.सीले बताउनुभयो । उहाँले भन्नुभयो “हाम्रो जारी छ ,यो अभियान हाम्रो कार्यकाल भरि चलिरहने छ ।”

बिशेष गरि जेष्ठ नागरिक,अपांग,एकल महिला र वालवालिकालाई सहजता प्रदान गर्ने अपेक्षाका साथ घर घरमै पुगेर सामाजिक सुरक्षा भत्ता बितरण र स्वास्थ्य परिक्षण गरिएको वडा के.सीको भनाई छ । भौगोलिक विकटता र लक्षित वर्गको अबस्थालाई हेरेर जतिसक्दो सहज ढंगले सेवा प्रवाह गर्ने उदेश्य यो अभियान सञ्चालन गरिएको अध्यक्ष के.सीले नेपालसमाचारपत्रसँग बताउनुभयो ।