बालिकालाई बन्धक बनाई जबरजस्ती करणी गरेको अभियोगमा १ पक्राउ


कास्की । बालिकालाई बन्धक बनाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पोखरा महानगरपालिका ६ लेकसाईड डिहिगोपाटनस्थित द कन्ट्री यार्ड होटलमा उदयपुर बस्ने १४ वर्षीया बालिकालाई बन्धक बनाई जबरजस्ती करणी गरेको अभियोगमा उदयपुर चौदण्डी नगरपालिका ७ बस्ने मोरङ बिराटनगर घर भएका २८ वर्षीय राकेश कुमार कानोडियालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

उक्त होटलको कोठामा ल्याई बालिकाले प्रयोग गरेको मोबाइल नियन्त्रणमा लिई अविभावकसँग सम्पर्क समेत गर्न नदिई बन्धक बनाई बिगत ८ दिनदेखि जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस विषयमा थप अनुसन्धान भईरहेको स्थानीय प्रहरीले जनाएको छ ।