फरार अभियुक्त ३४ वर्षपछि पक्राउ 


बारा । बारा प्रहरीले ३४ वर्षदेखि फरार अभियुक्त लखिचन साह कलवारलाई पक्राउ गरेको छ ।

फेटा गाउँपालिका–३ का अमलदेव यादवलाई जग्गा विवादमा कुटपिट गरी २०४३ सालमा हत्या गरी फरार रहेका कलवारलाई प्रहरीले बुधबार पक्राउ गरी कारागार पठाएको हो ।

घटनापछि कलवारलाई जिल्ला अदालत, तत्कालिन पुनरावेदन अदालत र सर्र्वाेच्च अदालतले समेत ०६० भदौ ४ गते जन्म कैदको सजाय सुनाएको थियो ।

भारतमा लुकेर व्यापार गर्दै आएका उनी भारतबाट सीमा क्षेत्रमा आएको सूचनाका आधारमा कलैया उपमहानगरपालिका–१० बाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

पक्राउ परेका कलवारलाई कैद भुक्तानका लागि विरगंज कारागार पर्सामा पठाइएको छ ।