जनविरोधी विधेयक खारेज गर्न राप्रपाको माग   


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय सुरक्षा परिषद विधेयक, राष्ट्रिय मानव अधिकार आयोग सम्बन्धि विधेयक, प्रेस काउन्सील विधेयक, गुठी सम्बन्धि विधेयक खारेज गर्न माग गरेको छ ।

राप्रपाको विहिवार बसेको पदाधिकारी र जनवर्गीय संगठनका पदाधिकारीहरुको संयुक्त बैठक ले सरकाले ल्याएका यी विधेयक खारेज गरि सम्बन्धित पक्षहरुसँग आवश्यक परामर्श गरि परिमार्जन गर्न माग गर्ने निर्णय गरेको हो ।

बैठकले आगामी २०७७ बैशाख मसान्त सम्ममा सम्पूर्ण भातृ संगठनहरुको महाधिवेशन अनिवार्य रुपमा सम्पन्न गर्ने निर्णय पनि गरेको छ । पार्टी प्रवक्ता सुशिल कुमार श्रेष्ठले जानकारी दिए अनुसार बैठकले देशका सबै ७ सय ५३ वटै स्थानीय तहमा जनवर्गीय संगठनको इकाइ गठन गर्ने निर्णय पनि गरेको छ ।

बैठकले भ्रष्टाचार र वेथितीको अन्त्यको माग गर्दै सबै जनवर्गीय संगठनहरुको सहभागितामा सशक्त जनसंघर्षका कार्यक्रम पनि सञ्चालन गर्ने निर्णय गरेको प्रवक्ता श्रेष्ठले बताउनु भएको छ ।