बसपार्कको बाटो नजाँदा हानाहान


हेटौंडा । रौतहटको कटहरिया नगरपालिका–९ बस्ने बीरेन्द्र हजरा र बैजुप्रसाद बाबरासमेत रौतहटको गौरबाट भारतीय डीएल २ सीएटी ०४५२ नम्बर गाडीबाट सीमाचोक हुँदै बुद्धचोकबाट बुटवलतर्फ जाँदै थिए ।

बुधबार बिहान करिब ९ः३० बजेको उक्त गाडीलाई बसपार्क ढाटमा कार्यरत चितवनको भरतपुर–११ घर भई हेटांैडा–२ को मानसचोक बस्ने वर्ष २४ का आशिष अधिकारी, वर्ष १९ का अनिश लामा, गोरखा घर भई वडा नम्बर–१० को आनन्दटोल बस्ने वर्ष २४ का सुनिल लामा र बारा घर भई हेटांैडा बस्ने वर्ष ४० का विजय लामासमेतले हेटौंडा–११, नवलपुरस्थित लोकमार्गमा रोकी गाडीमा रहेकालाई बसपार्कको बाटोको सट्टा बुद्धचोक हुँदै किन आएको भनी हातपात गरे ।

अभद्र व्यवहार गरेको सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली खटियो । घटनामा संलग्न व्यक्तिहरुलाई घटनास्थलबाट पक्राउ गरियो । उनीहरु उपर सार्वजनिक हित, सुबिधा, सुरक्षा र नैतिकताविरुद्ध कसुरमा कारबाही भइरहेको प्रहरीले जनाएको छ ।