तीन कर्मचारीको भरमा मालपोत कार्यालय


सरिता चलाउने, सल्यान ।
मालपोत कार्यालय सल्यानमा कर्मचारी नहुँदा सेवाग्राही रित्तो हात फर्किन बाध्य भएका छन् । कार्यालय प्रमुख विहीन र तीन जनामात्र कर्मचारी हुँदा कार्यालयबाट हुने सेवाप्रवाह छिटोछरितो हुन सकिरहेको छैन ।

१३ जनाको दरबन्दी रहेको कार्यालयमा अहिले तीन जना मात्र रहेको कार्यालयका खरिदार दिपक बुढाथोकीले बताउनुभयो । एक जना सुब्बा र दुई जना खरिदारको भरमा कार्यालय सञ्चालन भइरहेको वुढाथोकीले वताउनु भयो । उहाँले भन्नु भयो ‘आफुले मोठ काट्ने, रजिस्टेशनको काम कम्युटर , प्रशासन देखी इस्टोरको काम समालेका छु । कार्यालयको आन्तरिक काम गर्ने की सेवाग्राहीको काम गर्ने निकै समस्या हुने गरेको छ ।’ कर्मचारी समायोजन, तथा दुर्गम जिल्लामा कर्मचारी आउन नमानेका कारण कर्मचारीको अभाव भएको उहाँको भनाई छ ।

मालपोत कार्यालयमा मालपोत अधिकृत विगत दुई हप्तादेखि नहुँदा मालपोतको कामकाजमा समस्या देखिएको छ । मालपोत कार्यालय सल्यानमा विशेष गरी नामसारी, घर कायम ,संशोधन, लगायत मुद्धाले गर्ने कामकाजमा प्रत्यक्ष असर परेको मालपोत कार्यालयम सल्यानका नायव सुब्बा शोभाकर न्यौपानेले वताउनु भयो । उहाले भन्नु भयोे ‘मालपोत कार्यालयमा पहिले देखिनै कर्मचारीको समस्या थियो नै अहिले कार्यालय प्रमुख नहुँदा मुद्धाका सम्पूर्ण कामकाज रोकिएका छन् ।’

श्रीमानको नाममा रहेको जग्गा आफ्नो नाममा नामसारी गर्न आएपनि कार्यालय प्रमुख नहुँदा रित्ता हात फर्किनु परेको दार्मा गाउँपालिका वडा न २ की ६८ वर्षिया हिमादेवी चन्दले बताउनु भयो । आफ्नो नाममा जग्गा नामसारी गर्ने धोको बोकेर मालपोत आउनुभएको चन्द कार्यालय प्रमुख नहुँखा नामसारी नहुने सुने पछि उहाको धोको अधुरै रह्यो । दुई दिन लगाएर सदरमुकाम आएर काम नै नभई रित्तो हात घर फर्किन उहा बाध्य हुनुभएको छ ।

जनताले प्रत्यक्ष सेवा लिने कार्यालय मध्य मालपोत कार्यालय पनि एक हो । सेवाग्राहीको धेरै भिड हुने कार्यालय मध्येको मालपोत कार्यालयमा प्रमुख र प्रयाप्त कर्मचारी नहुँदा सेवाग्राही निरास बन्दै गई रहेका छन् ।

यस्तै वन्गाड कुपिण्डे नगरपालिका वडा न २ का ७२ वर्षिय नोखे कामी पनि आफ्नो वावुको नाममा भएको जग्गा नामासारी गर्ने र नामसारी गरेपछि आफ्ना छोराहरुलाई अंशवण्डा गरीदिने योजनाका साथ बर्षायामको समयमा मालपोत कार्यालयमा आएपनि काम नहुँदा दुखित भएको बताए ।