म्यान्मारमा १३ तिर्थालुको मृत्यु


याङ्गुन । म्यान्मारको मन्डाले क्षेत्रमा बुधबार धार्मिक तिर्थयात्री चढेको डुङ्गा दुर्घटना हुँदा कम्तीमा १३ जनाको मृत्यु हुनुका साथै एक जना बेपत्ता भएका छन् ।

म्यान्मारको गृह मन्त्रालयका अनुसार उक्त डुङ्गामा २५ जना सवार रहेका थिए । महालाइङ नगरमा रहेको एउटा बौद्ध बिहारमा जाँदै गर्दा सार ताउङ ९जिता० भन्ने स्थानमा डुङ्गा पल्टिएको थियो । मन्त्रालयको विज्ञप्तिमा ११ जनालाई सकुशल उद्धार गरिएको र १३ जनाको शव निकालिएको उल्लेख छ ।

जीवितै उद्धार गरिएका डुङ्गा चालक फरार भएका र उनको खोजी कार्य भइरहेको स्थानीय प्रहरीको भनाई उद्धृत गर्दै गृह मन्त्रालयले जनाएको छ । रासस