नेपाल प्रहरीका २ सई घुस रकम सहित पक्राउ


काठमाडौँ ।  महानगरीय प्रहरी प्रभाग गौशालामा कार्यरत प्रहरी नायब निरीक्षक (सई) रमेशकुमार पाण्डे र राजु स्वर्णकारलाई बुधबार साँझ अख्तियारको टोलीले घुस रकम सहित रङ्गे हात पक्राउ गरेको छ ।

उनिहरु काठमाडौं महानगरपालिका वडा नं ८ स्थित मिथिला काबेली यातायात सेवा प्रा लि को अफिस अगाडिको सार्वजनिक सडक किनाराबाट पक्राउ परेका थिए । सार्वजनिक मुद्दामा केश चाँडै मिलाएर पठाइदिने भनी सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग टङ्गालबाट खटिएको टोलीले उनिहरुलाई पक्राउ गरेका थियो ।

यस विषयमा थप अनुसन्धान भईरहेको अख्तियारले जनाएको छ ।