छुरा प्रहार गरी हत्या गरेको अभियोगमा ९ पक्राउ


झापा । छुरा प्रहार गरी हत्या गरेको अभियोगमा दमक प्रहरीले ९ जनालाई पक्राउ गरेको छ । दमक नगरपालिका २ बस्ने १८ वर्षीय बिक्रम लिम्बुको छुरा प्रहार गरी हत्या गरेको अभियोगमा सोही नगरपालिका ३ बस्ने कुशल मगर लगायत ९ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

छुरा प्रहारबाट गम्भीर घाइते भएका बिक्रमको लाईफ लाईन अस्पताल दमकमा उपचारको क्रममा मृत्यु भएको छ । छुरा प्रहारबाट घाइते भएका १ जनालाई उपचारका लागि बिएण्डसी अस्पताल बिर्तामोड पठाइएको छ । दमक नगरपालिका १ स्थित दुर्गा मन्दिर पछाडि ग्याङफाईट भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।