स्कुल विभागमा मेरो दाबी स्वभाविक होः नेता भुसाल

0
Shares

यमलाल भुसाल, बुटवल ।

नेकपा स्थायी कमिटी सदस्य घनश्याम भुसालले स्कुल विभागको जिम्मेवारी नवौ महाधिवेशनदेखि नै आफुले माग गरेको बताउनु भएको छ ।

लुम्बिनी प्रेस क्लबले विहिवार भैरहवामा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उहाँले नवौ महाधिवेशन पश्चात अध्यक्ष केपी ओलीसंग आफुले स्कूल बिभागको जिम्मेवारी माग गरेको बताउनु भएको हो ।

महाधिवेशनबाट आफनो बिचार पारित भएपछी उपमहासचिवमा निर्वाचित भुसालले बिचारलाई स्पष्ट रुपमा कार्यकर्ता र जनता माझ पुरयाउन भन्दै अध्यक्ष ओलीसंग स्कुल बिभागको जिम्मेवारी माग गरेको बताउनु भयो ।

भुसालले स्कुल बिभाग बाहेकको जिम्मेवारी नलिने बताएपछी अध्यक्ष ओलीले स्कुल बिभागको जिम्मेवारी आफैले राख्नु भएको थियो । स्कुल बिभाग अध्यक्ष ओलीले आफै राखेपछी महाधिवेशन पश्चात अध्यक्ष ओली र नेता भुसालबीचको सम्वन्ध औपचारिकतामा मात्र सिमित भएको थियो ।

लामो समय पश्चात केही दिनअघि मात्रै अध्यक्ष तथा प्रधानमन्त्री ओलीले छलफलका लागि बोलाएपछी भुसाल महाधिबेशन पश्चात दुई जनाबीच पहिलो पटक एक्ला एक्लै छलफल भएको बताउनु भयोे ।

पत्रकार भेटघाटमा भुसालले स्कुल बिभागमा आफनो दाबी स्वभाबिक भएको बताउनु भयो । नेता भुसालले भन्नुभयो, “स्कुल चाहिँ त्यहाँ हामीले पढाउने मार्क्सवाद हो, पार्टीको राजनीति हो, अहिलेको समाज हो, समाजको अर्थराजनीति हो त्यो बिषयमा मैले गरिनै राखेको छु मेरा कामहरु मध्ये सबै भन्दा बढि यसैमा मेरो लगाव छ ।”

भुसालले अब पनि पार्टीमा छलफल नगरि गुटबन्दीका हिसाबले निर्णय भयो भने यसको बिरोध गरिरहने बताउनु भयो ।