वर्षाले झापामा २ को मृत्यु


भद्रपुर ।  पानीमा डुबेर झापामा छुट्टाछुट्टै स्थानमा दुइजनाको ज्यान गएको छ । ज्यान जानेमा हल्दीबारी गाउँपालिका १ का ३८ वर्षिय बीरेन्द्र बुढाथोकि र कमल गाउँपालिका ५ का ६८ वर्षिय काजी बहादुर जोशी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

हल्दीबारीका बुढाथोकि गएराती २ बजे घरबाट हिडेका थिए । विहानसम्म सम्पर्कमा नआएपछि स्थानीयले खोजतलास गर्दा नजिकै रहेको खेतको पानीमा विहीबार विहान डुबेको मृत अवस्थामा फेला पारेका थिए । घटनापछि स्थानीयले जिल्ला प्रहरी कार्यालयमा खबर गरेका थिए । जिल्ला र प्रहरी चौकी गोलधापबाट खटिएको टोलीले घटना स्थल सुरक्षति राखी थप अनुसन्धान गरिरहेको जिल्लाका डिएसपी महेन्द्र कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

त्यसैगरी मृतक जोशी विहीबार विहान साढे ५ बजे गोठजाने क्रममा चिप्लिएर नजिकै रहेको पैनीमा खसेका थिए । पैनीले बगाएर केहीवेरपछि मृत अवस्थामा साढे ७ बजे स्थानीयले पैनीको किनारमा फेला पारेका थिए । घटनापछि प्रहरीलाइ खबर आएको डिएसपी श्रेष्ठले जानकारी दिनुभयो ।