डोटीका सयौँ सरकारी धर्मसाला व्यक्तिका कब्जामा

0
Shares

विमल विष्ट, डोटी ।

पछिल्लो समय जिल्लामा भएका सयौं सरकारी धर्मसालाहरु केही व्यक्तिहरुले आफनो व्यक्तिगत प्रयोजनमा प्रयोग गरिरहेको पाईएको छ । यसरी सरकारी धर्मसाला वर्षौ देखी व्यक्तिले प्रयोग गरिरहेको भएपनि सम्बन्धित निकाएले कुनै पहल नचालेको स्थानियको आरोप छ ।

त्यस्तै कतिपए धर्मसालाहरुको उचित संरक्षण नहुँदा वर्षेनी भत्कीने तथा जिर्ण बन्दै गएको प्रती स्थानियले देखेसो पोख्ने गरेका छन् । यसै सिलसिलामा जिल्लाको दिपायल सिलगढी नगरपालिका वडा नम्बर ३ दिपायल स्थित पुलबजारमा रहेको राणाकालमा निमार्ण भएको सरकारी धर्मसाला एक जना व्यक्तिले आफनो निजी आवासका रुपमा प्रयोग गरेको पाईएको छ ।

पहिले धर्मसालामा गाई गोरु बानेको र मान्छे सुतेको पैसा लिन्थे अहिले,व्यक्तिले निजी बनाएको छ,कसैले किन व्यक्तिगत बनाईस भनेर कुरा उठाएके छैन् ।

तत्कालिन समयमा गाउँ बाट जिल्ला सदरमुकाम सिलगढी तथा क्षेत्रीय सदरमुकाम दिपायल लगायतका ठाउँहरुमा आवत जावत गर्ने नागरिकहरुलाई बास बस्न सजिलो होस भन्ने उदेश्यले निर्माण गरिएको उक्त धर्मसाला वर्षौ देखी घचेट्टा नामले चिनिने भारतीय नागरिकले आफनो निजी आवासको रुपममा प्रयोग गरेका छन् ।

उक्त धर्मसालालाई निज भारतिय नागरिक घचेट्टाले कोठा भित्रमा आफु बस्ने तथा कोठा बाहिरको चौरमा आफना खच्चरहरु बाध्ने गरेको दिपायल पिपल्लाका स्थानिय तथा नेकपाका नेता तेजबहादुर डुम्रेलले बताउनुभयो । उहाँले भन्नुभयो, ‘घचेट्टाले धर्मसाला पुरै आफनो निजी आवास बनाएका छन् तर उनलाई हटाउन कसैलेपनि प्रयास गरेको छैन् ।’

उक्त धर्मसाला मात्र नभई जिल्लामा रहेको अधिकांस धर्मसालाहरु केही व्यक्तिले प्रयोग गर्दैआएका छन् भने कोही प्रयोग तथा मर्मत सम्भार नहुँदा दिनहुँ भत्कीदै जिर्ण बन्न थालेका छन् । त्यस्तै जिल्लाको शिखर नगरपालिका वडान.१ नापानी भन्ने ठाउँको पर्यटकिए क्षेत्रमा रहेको तत्कालिन राजा स्व. वीरेन्द्र शाहको पालामा निर्माण भएको सिलेटले लाएको पक्कि धर्मसालामा पनि निजी आवास जस्तै भएको छ ।

उक्त धर्मसालालाई त्यहाँका स्थानिय तथा लेकमा गोठ निर्माण गरेर बसेका भैसी गोठालाहरुले वर्षौ देखी आफना भैसी बाध्ने काममा प्रयोग गर्दै आएको शिखर नगरपालिका वडान. १ गुठेउडीका स्थानिय करन नेपालीले बताउनभयो ।

उहाँले भन्नुभयो, ‘पहिले धर्मसालामा गाई गोरु बानेको र मान्छे सुतेको पैसा लिन्थे अहिले,व्यक्तिले निजी बनाएको छ,कसैले किन व्यक्तिगत बनाईस भनेर कुरा उठाएके छैन् ।’ उक्त धर्मसालाको बाटो हुँदै आवत जावत गर्ने नागरिकलाई बास बस्न सजिलोहोस भन्ने उदेश्यले सरकारले केही थान खटिया तथा बेड बिस्तारा समेत उपलब्ध गराएको थियो ।

उक्त सरकारी धर्मसालाको रेख देखका लागि कर्मचारी खटाईएपनि पछिल्लो समय सरकारी क्षेत्रबाट कर्मचारी अर्थात चौकीदारका लागि रकम आउन छोडेपछि धर्मसाला लथालिंङ्ख हुनुको साथै व्यक्तिहरुले निजी आवास बनाउन थालेको स्थानिय करन ऐरले बताउनुभयो । उहाँले भन्नुभयो, ‘धर्मसाला रेखदेख देखी मर्मत सम्भारका लागि सरकार बाट आउने रकम बन्दभयो,कर्मचारी पनि गए,अहिले व्यक्तिले निजी घर जस्तै बनाएका छन् ।’

उता डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जिल्लामा भएका पाटि पौवा र धर्मसाला सार्वजनिक भएको तथा यसको संरक्षण गर्नु सबैको दायित्व भएकाले व्यक्तिगत रुपमा प्रयोग गर्न नहुने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘कुन ठाउँमा भएको धर्मसाला कस्ले प्रयोग गरेको छ,त्यो सम्बन्धित स्थानियतहले रेखदेख गर्नुपर्छ, संरक्षण गर्नुपनि उस्को दायित्व हुन आउछ,कसैले अटेर गरी निजी प्रयोजन गरेको भए कानुन बमोजिम सजाया हुने छ ।’

जिल्ला भरीका सरकारी रुपमा निर्माण भएका पुराना धर्मसाला,पार्टि,पौवा कती छन भन्ने यकिन तत्थ्यांङ्ख कुनै कार्यालयमा नभएपनि जिल्लाभरीमा कुल एकसय भन्दा बढी यस्ता पुराना धर्मसाला,पार्टि,पौवा भएको हुन सक्ने जिल्ला समन्वय समितिका संयोजक रामबहादुर ऐरले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘जिल्ला भरीमा कति वडा धर्मसाला,पार्टि, पौवा छन्,आधिकारी तत्थ्यांङ्ख छैन तर सय भन्दा बढी नै छन्,कसैको पनि संरक्षण तथा मर्मत सम्भार गरिएको भने पाईदैन ।’

जिल्लामा भएका सरकारी धर्मसालाको समयमै उचित मर्मत सम्भार नगरे अबको केही समयपनि यहाँका सरकारी धर्मसालाहरु माटोमा बिलिन हुने निस्चित भएको छ ।