नक्कली ब्लुबुक र चोरीको बाईकसहित ६ जना पक्राउ

0
Shares

पुष्कर बुढाथोकी, भक्तपुर ।
भक्तपुरबाट नक्कली ब्लुबुक र चोरीको मोटरसाइकल सहित ६ जना पक्राउ परेका छन् ।महानगरीय प्रहरी वृत्त थिमिको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा सिन्धुपाल्चोकको चौतारा नगरपालिका–५ का १९ वर्षीय बालकृष्ण विश्वकर्मा, काभ्रेपलाञ्चोकको तिमाल गाउँपालिका–५ का १९ वर्षीय राकेश लामा, सोही ठाउँका २१ बर्षिय फुर्साङ लामा र तिमाल–९ का २४ वर्षीय दावा लामा रहेका छन् ।

यसैगरी पक्राउ पर्नेमा ललितपुर टिकाथली बस्ने १९ बर्षिय दीपक थापा मगर र सिन्धुपाल्चोक घर भई टिकाथली बस्दै आएका २१ ब्र्षिय कुमार नेपाल समेत रहेका छन् ।पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी बृत्त थिमीका प्रमुख प्रहरी नायब उपरीक्षक शान्तिराज कोईरालाले बताउनुभयो ।

प्रहरीले उनीहरुको साथबाट नम्बर प्लेट परीवर्तन गरी बा ९९ प ४१०८ न.को नम्बर प्लेट राखिएको मोटरसाइकल, बा ९९ प ४१०८ न. उल्लेख भएको ईन्जिन नं.नभएको ब्लुबुक र बा ७ प ५४७१ नम्बरको मोटरसाइकल बरामद गरेको छ ।

त्यसैगरी लोकन्थलीबाट मोबाईल चोरी गर्ने गिरोहका ३ जनालाई प्रहरी वृत्त थिमी टोलिले पक्राउ गरेका छ । रामेछाप मन्थली नगरपालिका १ बस्ने बर्ष २२ को अमित कार्की सोही स्थानका वर्ष २० को लक्ष्मण थापा र सर्लाही हरिवन नगरपालिका वडान.८ बस्ने बर्ष २८ को राजु परियार रहेका छन् ।

मध्यपुरको क्षयरोग अस्पताल नजिकबाट बा १ ख ८९१० न.को गाडीमा यात्रुको व्याग लुटी भाग्दै गरेको अवस्थामा ओखलढुङ्गा चम्पादेवी वडा न. १ का गोपाल कार्कीलाई महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुरको टोलीले पक्राउ गरेको छ ।

पक्राउ परेका व्यक्तिहरुलाई हिरासतमा राखेर आवश्यक अनुसन्धान कार्य भइरहेको वृत्तका प्रमुख प्रहरी नायव उपरिक्षक कोइरालाले बताउनुभयो ।