करेन्ट लागेर युवाको मृत्यु

0
Shares

राजेन्द्र गजुरेल, नुवाकोट ।
नुवाकोटको विदुर नगरपालिका वडा नं ९ खिङचेतमा करेन्ट लाग्दा एक युवाको मृत्यु भएको छ । बुधबार बिहान आफ्नै कुखुराको पोल्टि फममा कुखुरालाई दाना,पानी दिने क्रममा तार सर्ट भई करेन्ट लाग्दा स्थानिय ३२ वर्षिय कृष्ण भुजेल गम्भिर घाईते भएको प्रहरीले जनाएको छ ।

घाईते भएका भुजेलको उपचारको लागि जिल्ला अस्पताल त्रिशुलि ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक कृष्णबहादुर पल्लिमगरले बताउनुभएको छ ।

कुखुरालाई पानी दिने क्रममा पानी तान्ने मेसिन बाट पानी तान्ने क्रममा तार सर्ट भई करेन्ट लाग्दा गम्भिर घाईते भई भुजेलको मृत्यु भएको प्रहरी उपरिक्षक पल्लिमगर बताउनुभयो ।