प्यूठानमा ९५ प्रतिशत घटनाको सफल अनुसन्धान

0
Shares

सलिम अन्सारी, प्युठान।
प्यूठान प्रहरीले ९५ प्रतिसत घटनाहरुको सफल अनुसन्धान भएको जनाएको छ ।

आर्थिक बर्ष २०७५र०७६ मा प्रहरी कार्यालयमा परेका विभिन्न प्रकृतीका २१५ मुद्धा मध्ये ९५ प्रतिशत घटनाहरुको सफल अनुसन्धान गर्न सफल भएको प्यूठान प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक निर्मल बुढाथोकीले दावी गर्नुभयो।

‘प्यूठान प्रहरीले अधिकतम सफलता हाँसिल गरेको छ ।’ उहाँले भन्नुभयो’ यो सवै सफल्ता हात पर्नुमा प्रहरीका साथै जिल्लाबासीको महत्वपुर्ण सहयोग छ।’ प्रहरीमा उजुरी दिने र गाउँघरमै मिलापत्र गर्ने, प्रहरीसँग बयान फेर्ने गरेको उहाँको अनुभव छ ।

‘विज्ञान केसी’ हत्याकाण्ड’का दोषि रमेश मल्ललाई रुपन्देहीबाट पक्राउ गरी अदालतको आदेशमा कारागार पठाउनु, गौमुखी ६ लिवाङका हत्या आरोपी बीरबहादुर खत्रीलाई काठमाण्डौंमा लुकिछिपि रहेको अवस्थामा पक्राउ हुनु,जंगलमा बाटो ढुकेर पैसा लुट्ने लुटेरा चार जनाको समुहलाई पक्राउ गर्न सफल हुनु प्रहरीका मुख्य उपलब्धी हुन् । यो एक बर्षमा प्रहरीमा २१५ वटा मुद्धा दर्ता भए ।

जम्मा १३२ जना प्रतिवादीहरु पक्राउ परे । गत आ.व.को तुलनामा यस वर्ष २५ प्रतिशतले मुद्धा दर्ता कम भएको हो । आ.व. ०७४र०७५ मा २८७ वटा मुद्धा दर्ता भएका थिए ।

यो अबधीमा १८ जवरजस्ती करणीका छन भने ५ ओटा करणी उद्योग भएको छ । १३ बहुबिबाह र ६ वटा वालबिबाहका घटना छन।कर्तव्य ज्यान सम्वन्धी ५ वटा, आत्माहत्याका ६४ वटा र अन्य गरि २१५ घट्ना जिल्ला प्रहरीमा दर्ता भएको तथ्याकँ छ। प्रहरीमा घरेलु हिसाँका ८६ निबेदन आए भने प्रहरीकै सक्रीयतामा ५३ वटा बालबिबाह रोकिए ।

जम्मा २१५ मुद्धामा १५३ मुद्धा फछर््यौट भैसकेका छन् भने ६२ वटा बाँकी छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय मार्फत प्रहरीले यस वर्ष ३७ लाख बढि राजस्व असुली गरेको छ । यस वर्ष प्राकृतिक विपत्तबाट ९ जनाले ज्यान गुमाएको प्रहरी तथ्यांक छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत विभिन्न सचेतनामुलक कार्यक्रमहरुलाई प्रहरीले टोलटोल सम्म पुर्याएको छ ।

यो अभियान बिद्यालय सम्म पनि पुग्यो। यस्ले गर्दा घटनामा कमि आएको प्रहरीको विश्लेषण छ ।२१ बर्ष अघि स्विकृत प्यूठानको दुर्गम क्षेत्र दाङवाङ प्रहरी चौकी यस वर्ष स्थापना भएको छ ।

ओभरलोड हालेर आँतक मच्चाउने टिप्पर माथी समेत प्युठान प्रहरीले कारबाही प्रक्रीया बढायो ।अपराध गरेर संसारको जुनसुकै कुनामा गएर लुके पनि अपराधीलाई कानुनी कठघरामा उभ्याउन नेपाल प्रहरी सक्षम छ भन्ने गतिलो सन्देश प्रहरीले दिएको छ ।