मृगौला पीडितलाई आर्थिक सहयोग

0
Shares

नेपाल समाचारपत्र, महोत्तरी ।
महोत्तरीको जलेश्वर ९ का मृगौला पीडित कुन्दन सिंहलाई जिल्ला क्रिकेट संघ महोत्तरीले आर्थिक सहयोग गरेको छ ।

जलेश्वर नगरपालिका २ स्थित नेपाल पत्रकार महासंघको सभा हाँलमा एक कार्यक्रमको आयोजना गरि सो संघको अध्यक्ष रोशन कुमार सिंहले जलेश्वर न.पा.–९ फुलहठा निवासी सुरेश सिंहको १९ वर्षीय छोरा कुन्दन सिंहलाई उपचारको लागि ५० हजार रुपैया बराबरको आर्थिक सहयोग गरेको छ ।

गत २ महिना पहिला सिंहलाई मृगौलामा समस्या आएपछि चेकजाँच गरेपछि उनको दुवै मृगौलामा समस्या आएको पुष्ठि भएपछि हाल विर अस्पताल काठमाडौंमा उपचार गराइरहेका छन् ।

उनको उपचारमा केही हदसम्म सहयोग पुग्ने हिसाबले संघका अध्यक्षले ५० हजार रुपैयाको चेक हस्तान्तरण गरेको बताउँदै उनको पारिवारिक आर्थिक अवस्था निकै कमजोर भएकाले सो आर्थिक सहयोग गरेको जानकारी गराए ।

मृगौला पीडित सिंह सानै छदा उनका आमाबुवाको स्वर्गारोहण भईसकेकोले सानैदेखि उनको मामा अर्जुन कुमार सिंहले उनको रेखदेख तथा पालनपोषण गरेका थिए ।

सिंह यस अघि अन्डर १९ क्रिकेट खेलमा २ पटक तथा प्रदेश स्तरीय अन्डर १९ मा १ पटक नेपालको तर्फबाट छनौट भएका थिए ।