पहिरो प्रभावित क्षेत्रमा हेलिकप्टरबाट खाध्यन्न ल्याउने तयारी

0
Shares

अनिल खत्री, गुल्मी ।

मंगलवार राति अबिर वर्षातसँगै गुल्मीको सत्यवति गाउँपालिकाको २ वटा वडामा गएको पहिरो प्रभावित क्षेत्रका सडकहरु अबरुद्ध हुँदा उद्धार र राहत वितरणमा समस्या थपिदै गएको छ । पहिरोले वढि मानवीय क्षति भएको वडा नं ४ लिम्घा पुग्ने सडक अबरद्ध बनेको छ ।

उद्धारमा पुग्ने सुरक्षाकर्मी, सरकारी तथा गैरसरकारी संघ, संस्था र रिर्पोटिङ्ग गर्ने पत्रकार साढे दुई घण्टा पैदल हिडेर घटनास्थल पुगेका थिए । राहत बोकेर हिडेका गाडीहरु शाहाघाटमै रोकिएका छन् ।ठुलोलुम्पेक जाने सवै सडक अबरुद्ध छन् ।

विभिन्न स्थानबाट आएको राहत सामग्रीहरु रुद्रवेणीमा रोकिएका छन् । सत्वतिमा गाउँपालिका वडा नं ३ ठुलोलुम्पेकको सिङ्गदी गाउँनै पहिरोको उच्च जोखिममा रहेको छ ।

पहिरोले ठुलो मानवीय तथा भौतिक क्षति पु¥याएपछि दुई स्थानका करिव ६ सय घरपरिवार सुरक्षित स्थानमा सारिएको छ । लुम्पेककै अन्य वस्ति पनि पहिरोको खतरामा रहेकाले करिव ४ सय जनालाई स्थानीय धर्मपुर मावि तथा अस्लेवाका विभिन्न स्थानमा स्थान्तरण गरिएको हो ।

वडा नं ४ लिम्घामा पनि २ सय घर परिवारलाई सरस्वति माविमा व्यावस्थापन गरिएको छ । वडाध्यक्ष दान बहादुर रानाका अनुसार पहिरोनै गएको गाउँका र अन्य जोखिम भएका गाउँका परिवार समेत पानी परेपछि रातिनै घर छोडर आएका छन् ।

पहिरो प्रभावित क्षेत्रमा सडक अबरुद्ध भएपछि उद्धार राहतमा समस्या देखिएकाले हेलिकप्टर परिचालन गर्ने योजना बनाएको गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताउनु भयो । जोखिममा भएका परिवारलाई सुरक्षित स्थानमा सारिएको भएपनि अब खानपानमा समस्या हुने तर्फ आफुहरु सचेत भएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनु भयो । अवरिल बर्षाले पहिरो प्रभावित क्षेत्रमा उद्धारमा समस्या थपिएको छ ।

बर्षा नरोकिएको कारण बेपत्ताको खोजी कार्य अगाडी बढाउन नसकिएको जिल्ला प्रहरी प्रमुख दिपक बस्नेतले बताउनु भयो ।

पहिरोमा पुरिएर अहिलेसम्म दुई स्थानमा ९ जनाको सव बाहिर निकालिएको छ भने लिम्घामा ७ बर्षीय तारा विक र डेढ बर्षीय सुमन विकको सव अझै फेला परेको छैन् । वडा नं ३ ठुलोलुम्पेकमा माया र बवि विक पहिरोमा हराइरहेको सशस्त्र प्रहरी प्रमुख दिनेश रायमाझीले बताउनु भयो । रातभर ठुलो पानी परिरहेकाले उद्धार गर्ने कुनै उपाय नभएको बताए । भने २ जना घाइते भएका छन् ।

सत्यवति गाउँपालिकाको बिभिन्न स्थानमा पहिरो प्रभावित क्षेत्रमा परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवाली हेलिकप्टर मार्फत राहत सहित प्रभावित क्षेत्रमा पुगर फर्किनु भएको छ । मंगलबार राति करिब ३ बजेको समयमा अबिरवर्षातसँगै पहिरो खसेको थियो ।

मन्त्री ज्ञवालीले प्रभावित क्षेत्रमा पुगेर स्थलगत अबलोकन गर्नुकासाथै उपप्रमुखलाई हस्तातरण गरेर फर्किनु भएको छ । प्रभावित क्षेत्रमा ३ सय वढि पशु चौपाएहरु मरेको सत्यवति गाउँपालिका अध्यक्ष पारिश्वर ढकालले बताउनु भयो । पहिरो गएका स्थानमा बाटोहरु बन्दहुनु्का साथै २ दर्जन वढि अरु सानातिना पहिरो खसेको ढकालले बताउनु भयो ।