लुटपाटमा संलग्न दुइ पक्राउ

0
Shares

धनवीर दाहाल,रुकुम पुर्व ।
लुटपाटमा संलग्न भएका दुई जना यूवालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले सदरमुकाम रुकुमकोटमा फरार लुटेरालाई सार्वजनिक गरेको हो ।

गएको ३२ जेठमा यार्सागुम्बा संकलको लागि जिल्लाको पुथाउत्तरगंगा गाँउपालिका १ मैकोटमा गएका आमा छोरी लाई लुटपाट गरि फरार भएका रुकुम पूर्व जिल्ला पुथाउत्तरगंगा गाँउपालिका वडा न १ मैकोट घर भइ काठमाडौमा कोठा भाडा लिएर बस्दै आएका वर्ष २७ का अमर पुन र अर्का अभियुत्त उदयपुर जिल्ला रौतहट घर भई काठमाडौमा कोठा भाडामा बस्दै आएका वर्ष २० का लक्ष्मण मगरलाई प्रकाउ गरि सार्वजनिक गरिएको जिल्ला प्रहरि कार्यालय रुकुम पूर्वले जनाएको छ ।

अभियुत्त पुनलाई यहि श्रावन ५ गते बिहान ५ बजेतिर ताकेश्वर नगरपालिका २ बाट र अर्का अभियुत्त मगर लाई बिहान ५:३० बजेतिर सोहि नगरपालिका ४ काठमाडौ बाट प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी प्रमुख प्रहरी नायब निरिक्षक योगेन्द्र कुमार खड्काले जानकारी दिनुभयो ।

निरिक्षक खड्काका अनुसार अभियुत्त पुन र मगरको साथबाट लुटिएको एक वटा सामसुम मोबाइल सहित तिन थान मोबाइल सेट, कानमा लगाइएको एउटा सुनको जुलि , तथा घटनाको क्रममा प्रयोग गरिएका ५ वटा नेपाल टेलिकमका सिमकार्ड, नेपाल टेलिकम र एनसियलका गरि १३ वटा सिमकार्डका खोल पनि बरामत गरेको छ ।

रुकुम पूर्व जिल्लाको पुथाउत्तरगंगा गाँउपालिका १ मैकोटमा यार्सा संकल गरि घर फर्किने क्रममा ३८ वर्षिय जुनकुमारी पुन र उहाँकी छोरी १४ बर्षकि रश्मी पुनलाई कुटपिट गरि गम्भीर घाइते बनाएर अभियुत्त पुन र मगरले पिडितको साथ बाट १ लाख ५ हजार नगद रुपैया र १ थान सामसुम मोबाइल लुटेर लगेका थिए ।

अभियुत्तलाई काठमाडौ बाट श्रावन ६ गते जिल्लामा ल्याइ सार्वजनिक गरि ज्यान मार्ने मुद्दा चलाउने तयारि भइरहेको प्रहरिले जनाएको छ । अभियुक्त पुन र मगरले जुनकुमारिका आमा छोरि लाई हानेर गम्भीर घाइते बनाएका थिए । घाइते आमा छोरिको शिक्षण अस्पताल काठमाडौमा उपचार पछि अहिले अबस्था सामान्य रहेको छ ।