धुलिखेल नगरपालिकाको एक वर्षः ३ सय २९ जना आत्मनिर्भर

0
Shares

मोतीराम तिमल्सिना, काभ्रे ।

धुलिखेल नगरपालिकाले नेपालका स्थानीय सरकारहरुले गरिरहेको भन्दा फरक कामलाई नगरबासिको जीवनस्तर सुधारका लागि प्रयोग गरिरहेको छ । धुलिखेल नगरपालिकाले गठन गरेका परिषदहरुले विभिन्न क्षेत्र र वर्गका ब्यक्तिहरुलाई आत्मनिर्भर बनाएको छ ।

कुनै पनि स्थानीय तहहरुवाट नभएको प्रयास धुलिखेल नगरपालिकाले गरिरहेको नगरपालिकाका शाखा अधिकृत विदुर गौतमले बताए ।

‘कुनै नौलो कार्यक्रम भन्दा पनि सानो कुरा तर सवै समुदायले हाम्रो नगरपालिका भनेर अपनत्व फिल गर्ने तथा सवै वर्गको जीवनस्तरमा सुधार गर्नु स्थानीय सरकारको मुख्य दायित्व हो’–उनले भने –‘यसका लागि नगरमा बसोवास गर्ने महिला, युवा, आदिवासी तथा जनजातिm अपाङ्ख र दलित वर्गहरुले राज्यपुर्नसंरचना पश्चात उक्त वर्गको विकासका लागि कार्य गरिहेको छ भन्ने भावनाले मात्र पनि मनोवल बढ्छ ।’

धुलिखेल नगरपालिकाका नगर प्रमुख अशोक ब्याञ्जु, उपप्रमुख विमला शर्मा, प्रमुख प्रशासकिय अधिकृत तारानाथ लुईटेल, नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुको नयाँ सोचका कारण बजेटहरुको ब्यवस्थापन गरी गठित परिषदहरुले आर्थिक वर्ष २०७५/२०७६ मा विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ । महिला, युवा, आदिवासी जनजाति, अपाङ्ख र दलित परिषदहरुले नगरका विभिन्न स्थानमा कार्यक्रम आयोजना गरी नगरबासिहरुलाई आत्मनिर्भर बनाएको शाखा अधिकृत गौतमले बताए ।

धुलिखेल नगरपालिका वडा नम्वर ९ र ११ मा दलित लक्षित कार्यक्रम अन्र्तगत ३५ जना महिलाहरुलाई बेमौसमी तरकारी खेति तालिम दिईएको छ । तालिम पश्चात कृषकहरुले तरकारी खेति गरी आय आर्जन गर्न थालेका छन् । कार्यक्रममा नगर प्रमुख अशोक ब्याञ्जु र उपप्रमुख विमला शर्माले तालिम पश्चात रोजगारीमा सहभागि हुन र आवश्यक सहयोग नगरपालिकाले गर्ने बताउनु भएको थियो ।

युवा लक्षित कार्यक्रम अन्र्तगत धुलिखेल नगरपालिका भित्र रहेका सबै वडाका २÷२ जना गरी २४ युवालाई प्लम्विङ्ग तालिम उपलब्ध गराईएको छ । ३० जनालाई साबुन बनाउने तालिम उपलब्ध गराईएको छ भने वेयटर÷वेयट्रेस, होम स्टे, विल्डिङ ईलेक्ट्रिसन लगायतको तालिम १ सय ८० जनालाई उपलब्ध गराईएको छ । होमस्टे तालिममा ३० जना सहभागि भएका छन् । चाउमिन बनाउने तालिममा ३० जना महिला सहभागि भएका थिए ।

हरेक वर्ष रोजगार सहित आत्मनिर्भर बनाउने उदेश्यले नगरपालिकाले परिषद् मार्फत कार्यक्रमहरु आयोजना गरेको नगर प्रमुख अशोक ब्याञ्जुले जानकारी दिनु भयो ।