कर्मचारी र जनप्रतिनिधिबीच विवाद, कर्मचारी आन्दोलित


कृष्णउदास खनाल, वीरगन्ज ।
पर्साको सखुवा प्रसौनी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत र लेखापालमाथि आक्रमण भएपछि मंगलबार उक्त घटनाको विरोधमा पर्साका सम्पुर्ण गाउँ कार्यपालिका कार्यालय बन्द भएका छन् ।

सखुवा प्रसौनी गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष लालबहादुर यादव लगायत ५ र ६ जनाको समुहद्वारा आफ्नै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्देश यादव र लेखापाल अकलेश सहनी माथी आक्रमण गरि कुटपिट गरेका थिए । गाउँ कार्यपालिका कार्यालयबाट काम सकाएर फर्कने क्रममा आइतबार साँझ ४ बजेको समयमा दुबै जना माथी वडाअध्यक्ष लगायतको समुहले आक्रमण गरेको हो । नियम विपरितको निकासाको लागि वडाध्यक्ष यादवले केही समय पहिला देखि दबाव दिदै आएको र आफुले निकास गर्न नमिल्ने बताएका कारण आफू सहित लेखापाल माथी आक्रमण भएको प्रमुख प्रशासकीय अधिकृत यादवले बताउनुभयो ।

बा १५ च ६८७९ नम्बरको भाडाको गाडी सवार दुबै जना माथी सखुवा प्रसौनी २ स्थित बाटो मै वडाध्यक्ष सहितको समुहले एक्कासी गाडी रोकि गालीगलौज गर्दै कुटफिट गरेका थिए । आक्रमणकारी समुहको आत्रमणले दुबै जना सवार टाटासुको सिसा समेत फुटेको थियो ।प्रमुख प्रशासकिय अधिकृत यादव र लेखापाल सहनीले आक्रमण गर्ने विरुद्ध जिल्ला प्रशासन कार्यालय पर्सा र जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी पनि दिएको यादवले बताउनुभयो । तर,वडा अध्यक्ष लालबहादुर यादवले भने कुटपिटको कुरा अस्वीकार गर्दै सामान्य भनाभन मात्रै भएको बताउनुभएको छ ।