रुकुम पश्चिममा विषालु च्याउ खाँदा ५ गम्भीर


धनवीर दाहाल, रुकुम । रुकुम पश्चिममा मंगलबार विहान जंगल वाट ल्याएको विषालु च्याउ खाँदा ५ जना गम्भीर विरामी परेका छन । रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नं ३ निवासी एकै परिवारका ४ जना र १ छिमेकि सहित ५ जना गम्भीर विरामी परेका हुन ।

विषालु च्याउँ खाँदा ४८ वर्षिय डिलसरा देबी पोखरेल ,४२ वर्षका ओम कुमार पोखरेल ,१५ वर्षिय बिजया पोखरेल ,१३ वर्षिय तिलक पोखरेल र ३० वर्षिया बिपना पोखरेल विरामी परेका हुन । उनीहरु सवैलाई चौरजहारी अस्पतालमा प्राथमिक उपचार पछि थप उपचारको लागी नेपालगंज रेफर गरिएको अस्पतालले जानकारी दिएको छ ।

उनीहरुको स्वास्थ्य अवस्था गम्भीर भएकोले नेपाल वायुसेवा निमगमको जहाज वाट नेपालगञ्ज लगीएको वडा नम्वर ३ का वडा अध्यक्ष लाल वहादुर वुढाथोकीले वताउनुभयो ।