गुल्मी पहिरो अपडेटः मृत्यु हुनेको संख्या ११, अझै दुई सय घर जोखिममा


अनिल खत्री, गुल्मी ।

गुल्मीमा पहिरोमा पुरिएर  ११ जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता भएका छन् । जिल्लाको सत्यवति गाउँपालिकाको २ वटा वडाको ३ घरमा पहिरोले घर पुरिदा ११ जनाको मृत्यु भएको छ ।

सत्यवति गाउँपालिकाको लिम्घामा ८ जनाको र ठुलो लुम्पेकमा २ र १ जना पहिरोबाट बच्नका लागि भाग्ने क्रममा मृत्यु भएको हो । सत्यवति गाउँपालिका वडा नम्बर ४ को लिम्घामा मृतक मध्ये ६ जनाको सव बाहिर निकालिएको छ । अरु २ जनाको सव निकाल्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

पहिरोमा परेर मृत्यु हुनेहरुमा ६५ वर्षिय छल्ली बिक, २८ वर्षिय कम्बु बिक, २५ वर्षिय निर्मला बिक, १२ वर्षिय अंजली बिक, १० वर्षिय हेमन्त बिक, ७ वर्षिय शिवानी बिकको सब बहिर निकालिएको प्रहरी जनाएको छ । त्यस्तै सोहि गाउँपालिका ३ को ठूलोलुम्पेक कसिन डाँडा पहिरोमा पुरिएर ३२ वर्षिय तिलकुमारी त्रामु, ९ वर्षिय दर्शन त्रामु र पहिरोबाट बच्न भाग्ने क्रममा ६३ दुर्गाबहादुर सिंजाली मृत्यु भएको हो ।
पहिरोमा ८ वर्षिय तारा बिक ६ वर्षिय सुमन बिकको सब निकाल्ने कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक रबिन्द्र खड्काले बताउनु भयो । एक जना वालक सन्दीप बिक मावली घरमा गएकाले जिबितै रहेका छन् ।

ठूलोलुम्पेमा रुद्र बिकको घर पहिरोले घर पुरेकोे छ । पहिरोमा घर घर पुरिदा ४० वर्षिय मायाँ बिक र १६ वर्षिय गबि बिक बेपत्ता भएका छन् । पहिरोमा पुरिएर २ जना घाइते भएका छन् ।

सत्यवति ४ का १० वर्षिय करिश्मा त्रामु र १३ वर्षिय धनि त्रामुको घाइते भएको प्रहरीले जनाएको छ । गएराती देखि परेको अबिल वर्षातले घरमाथीबाट पहिरो जँदा घरमा सुति रहेकाहरुको मृत्यु भएको हो ।

उद्धारको लागि जिल्लाबाट प्रहरी नायव उपरिक्षक मिनबहादुर घले, शसस्त्र प्रहरी नायव उपरिक्षक दिनेश रामयमाझी सहितको टोली घटना स्थलल पुगेर उद्धार कार्य सुरु गरेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । पहिरो प्रभावित क्षेत्रमा डक्टर सहितको स्वस्थ्य टोली पनि पुगेको छ ।

जिल्ला बिपद व्यवस्थापन समितिको बैठकले उद्धार र राहतमा जुटने निर्णय गरेको छ । ठूलो पहरो भएकाले मृत्यु हुनेहरुको संख्या बृद्धि हुनसक्ने बताइएको छ ।

पहिरोले २०० सय घर जोखिममा
गएरातिदेखि परेको वर्षातका कारण ठूलो लुम्पेकको करिब २ सय घर जोखिममा रहेको गाउँपालिका अध्यक्ष पारिश्वर ढकालले बताए । सिङ्गो गाउँ नै पहिरोको प्रभावित रहेकाले संख्याको आकंलन गर्न सकिने अबस्था नरहेको अध्यक्ष ढकालले बताउनु भयो ।

घरहरु जोखिममा रहेकाले स्थानिय बिद्यालयहरुमा बसि रहेका छन् । कुनै पनि समयमा पहिरो खस्ने डरले स्थानिय त्रसित हुँदै उनिहरुलाई खानपिनको लागि वडा कार्यालयले व्यवस्थापन गरेको छ । प्रभावित क्षेत्रमा जिल्लाबाट र बुटवलबाट स्वास्थ्य सहितको उपचारको लागि खटिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनु भयो ।

पहिरो प्रभावित क्षेत्रमा जिल्लाबाट रेडक्रम, जिल्ला समन्वय समिति, नेकपाका अरु राजनितिक पार्टीका नेता तथा कार्यकर्ता र स्थानियहरु प्रभावित क्षेत्रमा उद्धारको लागि खटिएका छन् । घटना स्थल जिल्ला सदरमुकाम तम्घासबाट पूर्व तर्फ पर्दछ । घटना स्थल पुग्न करिब ३ घण्टा बढि समय लाग्छ ।

गुल्मीमा पहिरोमा पुरिएर १० को मृत्यु, ४ बेपता, २ घाइते