नगरपालिकाद्वारा अपाङ्गता भएकालाई सामाग्री वितरण


काभ्रे । धुलिखेल नगरपालिका भित्र रहेका अपाङ्गता भएका व्यक्तिहरुलाई नगरपालिकाले सामाग्री वितरण गरेको छ ।

नरपालिका प्रमुख अशोक ब्याञ्जुले अपाङ्गता भएका ब्यक्तिहरुलाई ह्विलचियर, छडी, श्रवणयन्त्र सहितका सामाग्री वितरण गरेका हुन् । धुलिखेल नगरपालिका भित्र बासोवास गर्ने सवै वर्गको समान विकास तथा उनिहरुको जीवनस्तर सुधार गर्न उक्त सामाग्री वितरण गरिएको नगर प्रमुख ब्याञ्जुले बताउनु भयो ।

सबै लक्षित वर्गको हितको लागि नगरपालिकाले “मेयर गरिवी निवारण कोष” समेत स्थापना गरी गत आर्थिक वर्षमा ७० लाख बजेट विनियोजन गरी विभिन्न कार्यक्रमहरु संचालन गरिएको उहाँले बताउनु भयो ।

धुलिखेल नगरपालिकाका नगर प्रमुख अशोक कुमार ब्याञ्जु श्रेष्ठले २५ जना विभिन्न आपाङ्गता भएका ब्यक्तिहरुलाई ह्विचियर, सेतो छडि, श्रवणयन्त्र आदि लगायतका सामाग्रिहरु वितरण गर्नु भएको हो ।

सोहि कार्यक्रममा धुलिखेल नगरपालिकाका उप प्रमुख विमला शर्मा, प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुईटेल, परिषदका उपाध्यक्ष दिलकृष्ण देवजु लगायत परिषदका सदस्यहरुले अपाङ्गता भएका ब्यक्तिहरुलाई विभिन्न क्षेत्रबाट सहयोग गरिएको बताउनु भएको थियो । अपाङ्गता भएका ब्यक्तिहरु मध्ये १५ जनलाई ह्विलचियर, ५ जनालाई सेतो छडि र पाँच जनालाई श्रवणयन्त्र वितरण गरिएको थियो ।

अपाङ्गता भएका ब्यत्तिहरुको जीवनस्तरमा सुधार गर्नका लागि नीति नियम निर्माणका साथै सो वर्गका मानिसहरुलाई क्षमता विकास, सिप विकास तथा आयमूलक तथा रोजगारमूलक कार्यक्रम नगरपालिकाले संचालन गरिरहेको छ । सवै वर्ग र तहका अति गरिव तथा गरिव सदस्यहरुलाई नगरपालिकावाट विनियोजित बजेटलाई दिगो तथा प्रतिफलयूक्त बनाउने उद्धेश्य नगरपालिकाको रहेको प्रमुख ब्याञ्जुले बताउनु भयो ।

वितरण कार्यक्रममा नगर प्रमुख अशोक कुमार ब्याञ्जु श्रेष्ठले धुलिखेल नगरपालिका भित्र कुनै एक वर्गको मात्र नगरपालिका नभई सवै वर्गको हितका लागि भएकाले त्यसमा पनि अपाङ्गता भएका वर्गको नजिकको घरको रुपमा लिन उहाँले आग्रह गर्नु भयो ।

‘हामी सबै वर्गको हित चाहान्छौ, त्यसमा पति अपाङ्गता भएका वर्गको त विशेष हित चाहन्छौं, सिप सिकाएर आत्मनिर्भर बनाउन सहयोगि बन्ने छौं’–नगर प्रमुख ब्याञ्जुले भन्नु भयो । अपाङ्गता परिषद्का उपाध्यक्ष दिलकृष्ण देवजुले नगरपालिकालाई विशेष धन्यवाद दिएका थिए ।