ट्याक्टरले किच्दा बालीकाको मृत्यु


किरन धामी, दार्चुला । ट्याक्टरले किच्दा दार्चुलामा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा मार्मा गाउँपालिका वडा नम्बर २ घोप्टेका प्रकाश सिंह महराकी १० वर्षिय छोरी दिपिका महरा रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरिक्षक रविन्द्र कठायतले जानकारी दिनुभयो ।

मंगलबार विहान गाउँपालिकाको घोप्टे भन्ने स्थानमा रोकिराखेको को १ त ६७७५ नम्बरको ट्याक्टर नजिकै बच्चाहरु खेलिरहेको तथा बच्चाहरुले नै ट्याक्टरको टायरमा लगाएको (ओट) निकल्दा ट्याक्टर गुडेर १० वर्षिय बालिका महरालाई किचेको उहाले जानकारी दिनुभयो । ट्याक्टर आफै गुडेर करिव १ सय १० मिटर तल गएको उहाले जानकारी दिनुभयो ।

दिपिका संगै खेलिरहेका ६ महिनाका उनका भाई अनिस महरा र सोही ठाउँकी ८ वर्षिय सविक्षा धामी सामान्य घाइते भएको प्रहरी निरिक्षक कठायतले बताउनु भयो । घाइतेको अवस्था सामान्य रहेको उहाको भनाई छ । ट्याक्टरले किच्दा दिपिकाको घट्ना स्थलमै मृत्यु भएको उहाले बताउनु भयो ।

ट्याक्टर धनी र चालक घर गएको अवस्थामा उक्त घट्ना घटेको उहाले बताउनुभयो । मृतक महराको शव परिक्षणका लागी गोकुलेश्वर अस्पताल ल्याइएको तथा घट्ना बारे थप अनुसन्धान भैइरहेको उहाले बताउनुभयो ।