ललितपुरका प्रहरी प्रमुख महर्जन निलम्वित


ललितपुर । ललितपुर महानगरपालिकाको गत साउन २ गतेको बैठकले निर्णय गरे अनुसार प्रहरी प्रमुख कदमलाल महर्जन निलम्बनमा परेका छन् । निलम्बनमा परेका महर्जनलाई ५ गतेनै निलम्बन पत्र दिएको स्रोतले जनाएको छ ।

महर्जनले पर्यटकका लागि छुट्याइएको पार्किङ रोकी महानगरपालिकासँग कुनै समन्वय नगरी पोखरीको शिलान्यास गराएका थिए । उनलाई नगर प्रहरी सेवा सञ्चालनसम्बन्धी कार्यविधि २०६७ को नियम ५५ र ५६ अनुसारको कसुर गरेकाले निलम्बन गरिएको पत्रमा उल्लेख गरिएको छ ।

महर्जनलाई कति समयका लागि निलम्बन गरिएको भन्नेबारे केही उल्लेख भने गरिएको छैन ।