पहिरोले पुरिएर १ किशोरीको मृत्यु


सिर्जना पन्त, बागलुङ । बागलुङको गल्कोट नगरपालिका–८ काँडेवासको ज्यामिरेमा मंगलबार विहान पहिरो जाँदा एकजनाको मृत्यु भएको छ ।

पहिरोले पिताम्बर गौतको गोठ पुरिदा गोठमा भैसी दुहुँदै गरेकी उनकी १७ वर्षीया छोरी सिता गौतमको घटनास्थलमै मृत्यु भएको हो ।

पहिरोमा पुरिएर गोठमा रहेका एउटा भैसी, एउटा पाडो र एउटा बाख्रो को पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका डिएसपी तथा सूचना अधिकृत झविन्द्र प्रसाद भट्राईले जानकारी दिनुभयो ।