घर-घरमा सामाजिक सुरक्षा भत्ता वितरण


राजेन्द्र गजुरेल, नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नं ५ को कार्यालयले घर–घरमा सामाजिक सुरक्षा भत्ता वापतको रकम वितरण कार्यक्रम सोमबार बाट सुरु गरेको छ ।

नेपाल सरकारले प्रदान गर्ने सामाजिक सुरक्षा भत्ता वडा भित्र रहेका अशक्त र बैङ्क सम्म जान नसक्ने अवस्थामा रहेका वृद्धवृद्धा,अपाङ्गता भएकाहरुलाई लक्षित गरेको वडा कार्यालय र जनता बैङ्क बट्टारको सहकार्यमा उक्त कार्य गरीएको सोहि वडाका वडाध्यक्ष शिवकुमार चित्रकारले बताउनुभएको छ ।

एक वर्ष अगाडि बाट नै सामाकि सुरक्षा भत्ताको लागि सम्बन्धित ब्यक्तिको खाता जनता बैङ्कमा खोलेर खातामा नै वडा कार्यालयले रकम उपलब्ध गराउनेगरेकोमा बैङ्क सम्म पुग्न नसक्नेहरुका लागि घरमा नै रकम उपलब्ध गराईएको वडाध्यक्ष चित्रकारले बताउनुभएको छ । सामाजिक उत्तरदायित्व अन्र्तगत उक्तकार्यमा बैङ्क लागि परेको जनता बैङ्क बट्टारका प्रमुख प्रकाश श्रेष्ठले बताउनुभएको छ ।

‘भत्ता लिने समयमा सकि नसकि बैङ्क सम्म पुग्नु पर्दथ्यो, तर आज वडा कार्यालयले घरमा नै रकम ल्याईदिएकोले अब सकि नसकि गरेर बैङ्क जानु पर्ने समस्या नरहेको प्रति विदुर ५ पिपल्टारका ८६ वर्षिय कुलदेवि गजुरेल खुसि ब्यक्त गर्नुहुन्छ ।’ गजुरेल भन्नुहुन्छ,‘आफु राम्रो संग हिडडुल गर्न नसकेको ५ वर्ष भन्दा बढि भैसक्यो तर पनि यस्तो अबस्थामा भत्ताकै लागि भनेर छोराहरुले बैङ्क सम्म पुर्याउने गर्दथ्ये तर आज बैङ्कको सेवा घरमा नै आए संगै आफुलाई सहज भएको छ ।’

गजुरेल जस्तै वडामा रहेका अन्य वृद्धवृद्धाहरुलाई समेत सहज भएको छ । वडाका बासिन्दा र जन प्रतिनिध बिचको सम्बन्धलाई सुमधुर र नजिक रहेर काम गर्ने मध्येमको रुपमा यस कार्यक्रमलाई लिईएको वडाध्यक्ष चित्रकारले बताउनुभएको छ ।

साथै वडालाई हरियालि र वातावरणिय सौन्र्दयता कायम गर्नको लागि ‘एक घर,एक फलफुल विरुवा वितरण’ कार्यक्रम अन्र्तगत रहेर वडा कार्यालयले वडाभित्र चार सय आप र लिच्चिका विरुवा वितरण गरीएको वडाध्यक्ष चित्रकारले बताउनुभएको छ ।