वैष्णवीदेवी मन्दिर सुधार समितिको साधारण सभा, अध्यक्षमा रत्नलाल

0
Shares

ललितपुर(नेस),
वैष्णवीदेवी मन्दिर तथा श्मशान क्षेत्रको सुधार समितिको पहिलो वार्षिक साधारणसभाले रत्नलाल महर्जनको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा युवराज शाक्य, सचिवमा आशाकाजी महर्जन, कोषाध्यक्षमा सानुलाल महर्जन रहनुभएको छ । त्यसैगरी सदस्यहरु अमृतराज शाक्य, उत्तम श्रेष्ठ,बाबुकाजी महर्जन, भवानी शाही (खड्गी), अमोघरत्न शाक्य र बालकृष्ण महर्जन हुनुहुन्छ ।

यस अघि भएको सभाको उद्घाटन ललितपुर क्षेत्र नं ३ का सांसद् पम्फा भुसालले गर्नुभयो ।