१५ औँ वाई वाई नेशनल एजुकेशन अवार्डको घोषणा

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

शिक्षालय राष्ट्रिय मासिकको प्रस्तुतिमा पन्ध्रौ वाई वाई नेशनल एजुकेशन अवार्डको घोषणा गरिएको छ ।

यसबर्ष तेह्र विधामा अवार्ड प्रदान गर्न लागिएको छ । शिक्षा क्षेत्रका विभिन्न विधालाई समेटेर देशब्यापी रुपमा गरिएको अवार्डमा यस बर्ष १३ वटा विधामा १६ जनालाई सम्मान गरिन लागिएको हो ।

सोमबार आयोजित पत्रकार सम्मेलनमा यस बषर्को शिक्षा पत्रकारीता पुरस्कार नेपाल टेलिभिजनका रविचन्द्र पराजुली तथा कारोवार दैनिकका गोपाल संग्रौलालाई प्रदान गरिने छ । पुरस्कारको राशी जनही १० हजार रहेको छ ।

यस बर्ष प्रदान गरिने नेशनल एजुकेशन अवार्डका विधाहरुमा स्कुल अफ दि इयर, स्कुल एक्सिलेन्स अवार्ड, वेष्ट टिचर अवार्ड, कन्ट्रिब्यूसन अवार्ड, गुडविल अचिभमेन्ट अवार्ड, डेडिकेशन अवार्ड रहेका छन् । यसैगरि राइजिङ अवार्ड, क्रिएटिभ अवार्ड, एजुकेशन जर्नालिष्ट अवार्ड, एजुकेशन भिजन अवार्ड, बेष्ट प्रिन्सिपल अवार्ड, र लाइफटाइम एचिभमेन्ट अवार्ड रहेका छन् । वाइ वाइले २५ हजार नगद राशिको ज्ञानउदय छात्रबृत्ति सम्मान समेत यसै कार्यक्रममा दिने गरेको छ ।

हरेक बर्ष स्कुल अफल दि इयर अन्तर्गत देशभरिका एक एक उत्कृष्ट सामुदायिक र संस्थागत विद्यालयलाई सम्मान गर्ने गरिएको छ । स्कुल एक्सिलेन्स अवार्डबाट कक्षा ११ र १२ मा राम्रो स्तर कायम गर्न सफल उत्कृष्ट विद्यालयलाई सम्मान गरिनेछ ।

शुरुवातका समयमा विद्यार्थीलाई अंकलाई आधार मानेर कार्यक्रम शुरु गरिएकोमा पन्ध्रौ संस्करणसम्म आइपुग्दा विधाहरुमा परिष्कार गर्दै शिक्षासँग सम्बन्धित विभिन्न विधाहरुलाई समेटिएको कार्यक्रम निर्देशक बालमुकुन्द आचार्यले जानकारी दिनुभयो ।

कार्यक्रमले शिक्षा क्षेत्रमा विभिन्न विधाहरु जस्तै उत्कृष्ट विद्यालय, उत्कृष्ट शिक्षक, शिक्षा क्षेत्रमा काम गरिरहेका गैह्र सरकारी संस्था, शिक्षा पत्रकार, शिक्षा सेवामा संलग्न कर्मचारी, ब्यवस्थापन समिति, अभिभावक संंघ, शिक्षाविद्, शिक्षाप्रेमी आदिलाई समेटिएको कार्यक्रमका अध्यक्ष श्याम तण्डुकारले बताउनुभयो ।

पुरस्कार वितरण समारोह श्रावण २७ गते सोमबार काठमाडौंको कमलपोखरीस्थित रसियन कल्चर सेन्टरमा हुनेछ ।