वालुवाटार जग्गा हिनामिनामा संलग्नलाई कारवाही गर

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।

प्रधानमन्त्री निवास वालुवाटारको सरकारी जग्गा प्रकरणमा मुछिएको जुनसुकै कर्मचारी तथा मन्त्रीहरुलाई कारवाही गर्न ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले आग्रह गरेको छ ।

भ्रष्टाचारका बिरुद्ध निरन्तर आवाज उठाउँदै आइरहेको नागरिक संस्था ट्रान्परेन्सी इनटरनेशनल नेपालले प्रधानमंंत्री निवास बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा बेचबिखन गरी हिनामिना गरेको सन्दर्भमा पूर्व सचिव शारदा प्रसाद त्रिताल प्रतिवेदनले आंैल्याएका व्यक्तिहरु उपर अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो समेतले गहन अनुसन्धान गरिरहेको बिषय प्रति गम्भिर ध्यानाकर्षण गराएको हो ।

संस्थाका अध्यक्ष खेमराज रेग्मीले एक विज्ञप्ती जारी गर्दै राजनितिक नेतृवबाट हुने भ्रष्टाचार नियन्त्रणका लागि सम्बन्धीत सबै पक्ष कठोर हुनुपर्ने बताउनुभएको छ ।

सरकारी जग्गा व्यक्तिका नाममा हक हस्तान्तरण हुने गरि अनियमित तथा गैर कानुनी निर्णय गर्न गराउन कतिपय जिम्मेवार कर्मचारीहरु सहित पूर्व प्रधानमन्त्री तथा मन्त्रीहरु समेतको प्रत्यक्ष संलग्नता रहेको बिषय जानकारी गराउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगवाट स्वतन्त्र, निष्पक्ष र निर्भिकता पूर्वक अनुसन्धान कार्य सम्पन्न गरि दोषीहरुलाई कानूनी कारबाहीको कठघरामा उभ्याइनु पर्ने जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

यस्तै संस्थाले बालुवाटारको सरकारी जग्गा हिनामिना प्रकरणमा संलग्न राजनैतिक पदाधिकारी लगायत सबै व्यक्तिहरुलाई कानूनी कारवाहीबाट उन्मुक्ति नपाउने व्यवस्था गर्न माग गरेको छ ।