शिक्षाको नाममा ब्रह्मलुट, नियम एउटा काम अर्कै



विजय नेपाली, पोखरा ।
पोखरामा शिक्षाको नाममा अधिकांस विधालयले शिक्षाको नाममा निकै ठगी गरेको भन्दै पोखराका अभिभावकहरु संगठित भएका छन । माध्यामिक तहको विद्यालयहरुले विधार्थीहरुबाट चर्को शुल्क लिए पनि सोहि अनुसारको अध्यापन नगराएको अभिभावकहरुले आरोप लगाएका छन ।

शिक्षा ऐन २०२८ ले विद्यालयहरु न्युनतम २ सय २० दिन खुल्नुपर्ने जस्मा १ सय ९२ दिन पढाइ हुनुपर्ने उल्लेख छ । कक्षा १ देखि १० र कक्षा ११–१२ को शैक्षिक शत्रको शुरुआत एकै समयमा नहुदा कक्षा ११ र १२ को पठन पाठन २ सय २० दिन नभई करिब १ सय ८० दिन मात्र हुँदै आएको छ ।

कक्षा १ देखि १० सम्म बैशाख देखि नै शैक्षिक सत्र शुरुभए पनि ११ र १२ को भने साउनबाट मात्रै शुरु हुने गर्छ । तर एसईई सकेर कुनै पनि विधालयमा भर्ना हुन जाने विधार्थीहरुले साउन अघिको तीन महिनाको समेत रकम तिर्नपर्ने बाध्यता छ । सामुदायिक विधालयमा करिव ८ सय देखि १२ सय सम्म मासिक फि लिने गरेको पाइन्छ भने निजी विद्यालयमा न्युनतम तीन हजार देखि माथी लिने गरेको पाइन्छ ।

यतिमा मात्र होइन प्रत्येक विषयको पढाइमा समेत ठगिने गरेका छन विद्यार्थीहरु । माध्यामिक शिक्षा परिषद् ,पाठ्यक्रम तथा प्रशिक्षण महाशाखा २०६९ ले व्यवस्थापन, शिक्षा, मानविकी, कानुन लगायतका विषयलाइ दैनिक एक घण्टा र वार्षिक एक सय ५० घण्टा र बिज्ञान विषयमा प्रयोगात्मक कक्षा समेत हुने हुदा थप एक घण्टा शिक्षण गर्न निर्दिष्ट गरेको छ ।

तर पनि पोखरा मात्र नभइ देशभरका हजारौ विधालयले लाखौ विधार्थीलाइ ठगी गर्दै आइरहेको अभिभावकहरुको गुनासो छ । पाठ्यभार घटाउन नपाउने व्यवस्थालाइ लुकाएर आफुखुसी प्रति विषय वार्षिक ५० घण्टा प्रत्येक विषयको २ सय ५० घण्टा कम पढाएर बालबालिका माथि चरम शोषण गरेको अभिभावकहरुको गुनासो छ ।

कुनै पनि विषय ४५ मिनेट पढाउनेले ५० पिरियड अर्थात दुई महिना कम पढाउने गर्छन भने ४० मिनेटको कक्षा संचालन गर्ने विद्यालयले ७५ पिरियड अर्थात तीन महिना कम पढाउने गर्छन । देशभरका अधिकांस अभिभावकलाई शैक्षिक क्षेत्रमा आफ्ना बालबालिका ठगी भएको कुरा समेत थाहा छैन । विद्यार्थीहरु ठगिदा समेत अभिभावक वेवास्ता गरेको कारणले विभिन्न विषयमा समेत विधालयले रकम असुल्ने गरेको संयुक्त अभिभावक संघर्ष समिती कास्कीका संयोजक यमनाथ सापकोटाको भनाई छ । “ यो पोखराको मात्र समस्या होइन हामिले विद्यालयले माग्ने रकम जहिले पनि दिने गरेका छौ, तर शिक्षा ऐन अन्तरगत अध्यापन कसैले पनि गराएको पाइदैन विधार्थीहरु खुलेआम ठगिएका छन यसका विरुद्ध सबै एक हुन आवश्यक छ“– उहाले भन्नुभयो ।

पोखरामा एक विद्यालयले एक ठाउँमा विद्यालयको स्वीकृत लिदै अन्यत्र संचालन गरेको बताउनुभयो । कक्षा ११ को भर्ना प्रक्रियामा समेत प्रवेश परिक्षाको नाममा विधार्थीलाइ अनावश्यक सास्ती दिएर बालबालिकालाई हतोत्साहित बनाइएको छ । एसईई सकेर पनि पुन परीक्षा दिनुभनेको एसईई को विश्वसनीय नहुनु जस्तो देखियो सापकोटाले भन्नुभयो । त्यस्तै मादी गाउँपालिका वडा ४ का वडाअध्यक्ष सत्यराज सापकोटाले शिक्षा अनुगमन समिती गठन गरि अनुगमन गर्न आवश्यक रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्