आफ्नै दाइलाई हत्या गरको अभियोगमा भाई समातिए

0
Shares

सोलुखुम्बु,

आफ्नै दाइलाई कुटपिट गरी हत्या गरको अभियोगमा थुलुङ दुधकोशी गाउँपालिका-९ लोखिम बेशी बस्ने २७ बर्षीय किरण राईलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

शुक्रबार घरायसी बिवादको कारण कुटपिट हुँदा निजका दाइ जय प्रकाश राईको आफ्नै घरमा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी सुकेपोखरीबाट र ईलाका प्रहरी कार्यालय सोताङबाट खटिएको प्रहरीले अनुसन्धानका लागि किरणलाई प्रकाउ गरेको हो ।