१८ वर्षीया किशोरी झुण्डिएको अवस्थामा फेला


विनोद सिंह विष्ट, बैतडी ।
बैतडीमा शनिवार एक किशोरी झुण्डिएको अवस्थामा फेला परेकी छन् । दोगडाकेदार गाउँपालिका ४ श्रीकेदार की १८ वर्षीया लक्ष्मी भट्ट आफ्नै सुत्ने कोठामा झुण्डिएको अवस्थामा फेला परेकी हुन् ।

शुक्रबार राती खाना खाएर आफ्नै कोठामा सुत्न गएकी लक्ष्मी शनिबार बिहान झुण्डिएको अवस्थामा फेला परेकी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिनुभयो ।

मृतक भट्टको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ । किशोरीले आत्महत्या गर्नुको कारण भने केही खुलेको छैन् । किशोरी एसइइमा अनुतिर्ण रहेकी पारिवारिक श्रोतलाई उद्घित गर्दै प्रहरी निरीक्षक पातलीले बताउनुभयो । घटनाको थप अनुसन्धान भइरहको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।