राजमार्ग बन्द हुदा २८ लाखको टमाटर कुहिन थाल्यो


गणेश साम्पाङ,पाँचथर । मेचि राजमार्गको इलाम फिदिम खण्ड पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा न ३ मा पर्ने पाङग्रे भिरमा बुधबार राती पहिरो गए पछि राजमार्ग बन्द हुदाँ २८ लाख बर। बरको टमाटर बिग्रिने अबस्थामा पुगेको छ ।

बाटो बन्द भएका कारण पाँचथरको नागी,अमरपुर र थर्पु देखि झापा लैजान टमाटर बोकेका २२ वटा पिकअपमा रहेको टमाटर कुहिन थालेको टमाटर ब्यापारी नवराज उप्रती बताउनु हुन्छ । बुधबार लोड भएका २२ पिकअप तीन दिन देखि बाटैमा रोकिएका छन २८ लाख मुल्यका टमाटर कुहिन थालेको छ । भोलि सम्म झापा पुगेन भने सबै फ्याक्नु पर्ने हुन्छ उप्रेती भन्नुहुन्छ ।

यसै गरी भापा देखि पाँचथर र ताप्लेजुङ सम्म फलफुल लिएर आएका गाडी रोकिए पछि आँप र केरा बिग्रिने अबस्थामा पुगेकोे फिदिमका फलफुल ब्यापारी हरि ओझा बताउनु हुन्छ । बाटो बन्द भए पछि फिदिममा प्रेट्रोल सकिएको अब एक दुइ दिनमा डिजल समेत सकिने अबस्थामा पुगेको किरण सप्लायर्स फिदिमका प्रोपाइटर धनबहादुर राई बताउनु हुन्छ ।

राजमार्ग बन्द भए पछि सडक डिभिजन कार्यालय इलाम र पाँचथरबाट गएका स्काभेटर र डोजरले पहिरो पन्छाउन नसके पछि साढे ४ किलो मिटर बैकल्पिक बाटो शनिबार देखि खन्न शुरु गरिएको जिल्ला प्राविधिक कार्यालय पाँचथरका इन्जिनियर भरत यादवले बताउनु भयो ।

पहिरोबाट ढुंगा र माटो लगातार खसी रहेको छ त्यसैले पहिरो पन्छाउन सकिएन ४ वटा मेशिन प्रयोग गरेर वैकल्पिक बाटो खन्न शुरु गरियो भोलि साँझ सम्ममा ट्रयाक ओपन होला अनि रोडा बिछ्याएर सवारी साधन चलाउन योग्य बन्न अझ २/३ दिन लाग्न सक्छ इन्जिनीयर यादव भन्नु हुन्छ ।

राजमार्ग बन्द भए पछि पाँचथर र ताप्लेजुङमा दैनिक उपभोग्य बस्तुको अभाव देखिन थालेको छ अझ एक दुइृ दिन बन्द हुने हो भने अबस्था निकै भयाबह हुन सक्छ पाँचथर उद्योग बाणिज्य संघका महासचिव नवराज घिमिरे बताउनु हुन्छ ।

राजमार्ग बन्द भए पछि यात्रीहरुले हैरानी ब्यहोरी रहेका छन उनीहरुको सुरक्षा र हैरानीलाई कम गर्न वैकल्पिक बाटो चाडो निमार्ण गर्न स्थानीय सरकार जिल्ला समन्वय समिती र जिल्ला प्रशासन कार्यालय लागि परेको पाँचथरका प्रमुख जिल्ला अधिकारी मुरारी वस्ति बताउनु हुन्छ ।