जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ


भक्तपुर ।
प्रहरीले जुवातास खेलिरहेको अवस्थामा १० जनालाई पक्राउ गरेको छ । सूर्यविनायक नगरपालिका–६ सूर्यविनायक बस्ने ५६ वर्षीय हरिबहादुर खड्काको घरमा घरबेटीखड्कासहित १० जना पक्राउ परेका हुन् ।

प्रहरीले उनीहरुलाई नगद १ लाख ३३ हजार ३ सय ५० रुपैयाँ, विभिन्न बैंकहरुको ३४ लाख ३० हजार रुपैयाँ बराबरको चेक ६ थान, ६ बुक तास र तास खेल्न प्रयोग गरिने अन्य विभिन्न सामानहरु सहित शुक्रबार साँझ पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।