६३ करोड ४१ लाख बजेट फ्रिज


विनोद सिंह विष्ट, बैतडी । बैतडीमा गत आर्थिक बर्ष २०७५/०७६ मा संघीय सरकार मातहतका कार्यालयको विकास तर्फको कुल बजेट मध्ये ६३ करोड ४१ लाख ५ हजार रुपैया फ्रिज गएको छ ।

कुल पूँजीगत बजेट १ अर्ब २९ करोड ४६ लाख ९ हजार मध्ये ६६ करोड ५ लाख १३ हजार ६६६ रुपैया खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय बैतडीले जनाएको छ ।

यो कुल बजेटको ५१ प्रतिशत मात्रै खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालयका सूचना अधिकारी भाष्करदत्त पन्तले जानकारी दिनुभयो ।
यसैगरी प्रदेश सरकारबाट जिल्लाका विभिन्न सरकारी कार्यालयहरुलाई प्राप्त पूँजीगत बजेट मध्ये ४८ करोड ७१ लाख फ्रिज गएको पन्तले जानकारी दिनुभयो ।

१ अर्ब ७९ करोड ५३ लाखको पूँजीगत बजेट मध्ये १ ३० करोड ८२ लाख खर्च भएको छ । यसरी हेर्दा प्रदेश सरकार मातहतका कार्यालयको विकास खर्च ७२.८६ प्रतिशत भएको कोष तथा लेखा नियन्त्रक कार्यालयका सूचना अधिकारी पन्तले जानकारी दिनुभयो ।