पानी जमेको खाल्डोमा डुबेर दुई बालिकाको मृत्यु


रौतहट । रौतहटमा पानी जमेको खाल्डोमा डुबेर दुई बालिकाको ज्यान गएको छ ।

मृत्यु हुनेमा ८ वर्षीया निरुता कुमारी र पिन्की कुमारी रहेको प्रहरीले जनाएको छ । बाख्रा चराउन गएकी दुवै बालिका गर्मीका कारण देवाही गोनाही नगरपालिका ५ को लालबकैया नदी भन्दा उतर पूर्वतिर रहेको बाँधको खाल्डोमा जमेको पानीमा नुहाउन पस्दा उनहिरुको ज्यान गउको प्रहरीले जनाएको छ ।

बालिकाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गौर ल्याइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।