नक्कली भारतीय रुपैयाँ सहित दुई पक्राउ


कैलाली । नक्कली भारतीय रुपैयाँ सहित प्रहरीले दुईजना भारतीय नागरीकलाई पक्राउ गरको छ । कैलालीको धनगढी उपमहानगरपालिका–१ बाट ४० हजार ९ सय नक्कली भारतीय रुपैयाँसहित उनिहरुलाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नैमा भारत, लखिमपुरका श्रवण सिंह र सुरजित सिंह रहेका छन् । उनीहर सुन खरिद गर्ने उद्देश्यले नक्कली नोटसहित धनगढी आएको खुलेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनिहरुको साथबाट महात्मा गान्धीको फोटो भएको टद्यध्डज्ञठटण् नम्बर उल्लेख १०० दरका नक्कली नोट ९४ थान बरामद भएको प्रहरीले जनाएको छ ।

यस्तै, महात्मा गान्धीको फोटो भएको ६८ डब्लु ८१७६१ नम्बर उल्लेख १०० दरका नक्कली नोट २० थान, महात्मा गान्धीको फोटो भएको६ बिडब्लु ८१७६२ नम्बर उल्लेख १०० दरका नक्कली नोट ९४ थान, महात्मा गान्धीको फोटो भएको६ बिडब्लु ८१७६३ नम्बर उल्लेख १०० दरका नक्कली नोट ८६ थान र महात्मा गान्धीको फोटो भएको६ बिडब्लु ८१७६४ नम्बर उल्लेख १०० दरका नक्कली नोट ११५ थान बरामद गरिएको प्रहरीले जनाएको छ ।

यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।